रुपेश यादव, १७ चैत्र सप्तरी ।
महेन्द्र विन्देश्वरी क्याम्पस राजबिराजको नवनिर्वाचित स्वतन्त्र बिद्यार्थि युनियनलाई प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज स्ववियु निर्वाचन समितिले एसएमबिएम क्याम्पसमा आयोजना गरेको उक्त कार्यक्रममा समितिका संयोजक रामआशिष यादवद्वारा नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण तथा पदभारग्रहण समेत गराएका छ्न ।
चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा एसएमबिएम क्याम्पस राजबिराजको सभापतिमा समाजवादी विद्यार्थिका रन्जित यादवले ४०५ मतले जित हाशिल गरेका थिए । त्यस्तै कोषाध्यक्षमा स्ववियु कै मेनुका साहले ३१९ र सचीवमा शुनिल मण्डलले ४११ मतले जित हाथ पारेको थियो । स्वबियु पदाधिकारीमा प्रत्यक्ष तर्फ अध्यक्ष , कोशाध्यक्ष, सचिव सहित ७ जना सदस्य निर्वाचित भएका छन । भने, समानुपातिकबाट उपाध्यक्षमा अखिलक्रान्तिकारीका जयकृष्ण यादव सहसचिवमा लोकतान्त्रिक विद्यार्थि संघकि गुडिया कुमारी यादव सहित ७ जना सदस्य सर्वसम्मतमा चयन भएका हुन । जम्मा १९ सदस्यीय स्ववियु निर्वाचित भएका छन ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुख , जिल्ला अनुसन्धान प्रमुख, विभिन्न विद्यार्थी संगठनका जिल्ला तथा एकाइ प्रमुख, क्याम्पस प्रमुक, निर्वाचन समिति लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा पुर्व पदाधिकारी लगायत अतिथिहरुलाइ सम्मान समेत गरेका थिए ।