आर एन मेहता
राजविराज २९ भाद्र ।
राष्ट्रिय शिक्षक मंच जिल्ला कार्य समिती सप्तरीमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शिक्षक मंच, सप्तरीका अध्यक्ष सुकदेव यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सेवा निवृत शिक्षक तथा अन्य जिल्लाहरु बाट सरुवा भई गृह जिल्लामा आगमन गरिएका शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएका छन् ।
राजविराज स्थित वर्ल्ड भिजन क्याम्पसको हलमा सम्पन्न मंचको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव तथा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय शिक्षक मन्चका केन्द्रिय उपाध्यक्ष एवं शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश कुमार यादव, राष्ट्रिय शिक्षक मंचका केन्द्रिय सदस्य सुभाष कुमार साह तथा मिन्टु कुमारी यादव , जुझारु यूवा नेता दिनेश यादव, विद्यार्थी नेता तथा राष्ट्रिय विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु कुमार यादव रहेका थिए । लगभग ६० जनाभन्दा बढि शिक्षक , शिक्षिका तथा संगठनका सदस्यहरु सहभागी भएको सो कार्यक्रममा प्रमुख अतिथी द्वारा वरिष्ट प्रशिक्षक योगेन्द्र प्रसाद यादव, बोरिया मा.वि.का निमित प्र.अ. रामानन्द सुनरैत यादव सहित अन्यत्र जिल्लाहरुबाट सरुवा भई सप्तरीमा कार्यरत शिक्षक मोहन कुमार यादव, सुभाष कुमार साह, भगवती यादव सेवा निवृत आनन्द कुमार मंडललाई सम्मान गरेका छन् । यसरी नै अध्यक्ष सुकदेव यादव द्वारा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, विद्यार्थी नेता शम्भु कुमार यादव, दिनेश कुमार यादव, यूवा नेता राजेश्वर राय, शिक्षक विजय रायलाई सम्मान गरिएका छन् ।
शिक्षक पेशामा कार्यरत हरेक शिक्षक- शिक्षिका हरुको अधिकार तथा हकहितका लागि संगठन निर्माण देखि संगठन विस्तार विषयमा शम्भु कुमार यादव, दिनेश कुमार यादव, सुभाष साह, योगेन्द्र प्रसाद यदाव सहितले गहनतम मन्तव्य दिएका थिए ।
चार घंटा भन्दा बढि समय सम्म चलेको सो कार्यक्रममा प्रमुख अतिथि मृगेन्द्र कुमार सिह यादवले ‘म पहिले पनि र आजपनि शिक्षा तथा शिक्षण पेशाका संरक्षण, सम्बद्र्धन सँगै हरेक कठिन परिस्थितीमा पनि सहयोग गर्दै आएको र भविष्यमा पनि शिक्षण पेशामा लागेकाहरुले कुनै प्रकारको भेदविना हरेक दृष्टिले सहयोग गरिने प्रतिबद्धता’ जाहेर गर्दै मन्तव्य टुंग्याएका थिए ।