सप्तरीको क्षेत्र न.२ ख मा जनमत पार्टीका प्रदेश सभा सदस्य पदमा महेश प्रसाद यादवले १३ हजार ३ सय २५ मत ल्याएर बिजयि ……..निकटतम प्रतिद्वन्दी नेकपा माअाेवादि केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए |
सम्पन्न निर्बाचनको मत परिणाम विगतको निर्वाचनको मत परिनाम भन्दा पृथक रहेको देखिन्छ। गत वर्षको निर्वाचनमा गणतन्त्रका स्थापना गर्ने क्रममा र संविधानमा प्रत्येक जातजाति- समुदायहरूको हकअधिकार सुनिश्चित गर्न विभिन्न राजनीतिक दलहरुले गरेका आन्दोलनहरुलाई दृष्टिगत गरी जनताले मतदान गर्ने गरेका थिए ।तर सम्पन्न २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम खासगरी सप्तरीमा पृथक देखिएको छ।
दशकौं देखि संघर्ष र आन्दोलनहरू गर्दै आएका राजनीतिक दलका उम्मेदवारहरु प्रति कसै चासो नराखेर सप्तरीका जनताले नयाँ दल तथा उम्मेदवारहरुको प्रति बढी आकर्षित भएको देखिन्छ। सम्पन्न निर्वाचनको हालसम्म जनमत पार्टीका उम्मेदवारहरुले अपेक्षाकृत बढी मत प्राप्त गरेको अवस्था छ।
हेर्नुहोस् ईमधेश न्यूज बाट मत गन्नाको ताजा अपडेट।