रामनाथ महतो, सप्तरी ,२५ चेैत्र । सप्तरीको छिन्नमस्ता गाउपालिकामा नेकपा माअाेवादि केन्द्रबाट जय प्रकाश यादव र एउटेै नाम गरेका दुई जना ब्यक्ति (बिनोद कुमार यादव) सहित अध्यक्ष पदकाे लागि उम्मेदवारी दिने सम्भावना रहेकाे छ । आगामी बेैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागी चुनावी अभियानमा लागेका विभिन्न पार्टि मध्ये सप्तरीको छिन्नमस्ता गाउपालिकामा नेकपा माअाेवादि केन्द्रबाट जय प्रकाश यादव , वडा न.१ बरहि बिरपुरका बिनाेद कुमार यादव र वडा न.४ लालापटिका बिनाेद यादव सम्भावित उम्मेदवारकाे रूपमा चर्चामा रहेका छन । निर्वाचनको समय नजिकिदै जादा अहिले विभिन्न राजनितिक दलका नेताहरु अा अाफनाे पक्षमा मतदान गर्नका लागि चुनावी मैदानमा ओर्लेका छन । साेहि क्रममा बिगतका निर्वाचनमा गाउपालिका अध्यक्षका प्रत्याशी जय प्रकाश यादव पराजित भएका थिए भने बिनाेद कुमार यादव वडा न.१ बरहि बिरपुरका वडाअध्यक्षमा बिजयि भएका थिए । त्यसैगरी लालापटीका बिनाेद कुमार यादव पनि विगत लामाे समयदेखि माअाेवादिमा लागेका अर्का युवा नेता समेतकाे नाम चर्चामा रहेकाे छ । यसैगरी छिन्नमस्ता गाउपालिकामा नेकपा माअाेवादि केन्द्रबाट उपाध्यक्षमा शारदा देवी मण्डल , बिभा देवी यादव , राजु देवि यादव र रिका कुमारी रजकको नाम चर्चामा रहेका छन । त्यस्तै छिन्नमस्ता गाउपालिका वडा न.१ बाट बडाअध्यक्षका लागि युवा नेता ललन प्रसाद यादव र तेज नारायण यादव , वडा न.२ बाट याेगेन्द प्रसाद यादव ,दिपेन्द्र कुमार यादव र प्रमोद कुमार साफी ,वडा न.३ बाट अशाेक कुमार यादव र राजेन्द्र शर्मा , वडा न.४ बाट बिरेन्द्र यादव ,प्रमोद कुमार यादव ,मिथिलेश कुमार पन्डित र शम्भु खङ्ग , वडा नं ५ बाट शिबशङकर पण्डित र राम नारायण दास , वडा नं ६ बाट कपलेश्वर साह र रामानन्द मण्डल तथा वडा न.७ बाट रामदेव मुुुुुखिया र प्रमोद कुमार यादवकाे नाम चर्चामा रहेका छन । यसअघि छिन्नमस्ता गाउपालिका वडा न. ५ काे बडाअध्यक्षमा नेकपा माअाेवादि केन्द्रबाट शिब शङकर पण्डित वडाअध्यक्षमा बिजयि भएको थियाे । अहिले स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिदै जादा गाउ ,टाेल ,चिया पसल ,पान पसल लगायत सार्वजनिक स्थानहरुमा चुनावी चर्चा ने चलिरहेका छन ।जानकारहरुका अनुसार यस गापामा स्वच्छ छवि का धनी जय प्रकाश यादव सबैभन्दा मजबुत उम्मेदवारको रूपमा छ्न , वहाँमा सबै लाई मिलाएर लान जान सक्ने खुबी छ्न।