आर एन मेहता ,मंसिर ७ गते/राजबिराज।
मधेस प्रदेशमा सोच्न नसक्ने राजनीतिक परिवर्तनका घट्ना सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन२०७९ को मत परिणामले देखाएको छ। खासमा सप्तरीको क्षेत्र नं -२ मा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवले पराजित भएको मात्र नभई प्रदेश सभा सदस्यको को क र ख तथा ३ को ख मा पनि नराम्रो तवरले हारको सामना गर्नु परेको छ।
अन्तिम मतपरिणाम अनुसार उनी जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवभन्दा दोब्बर भन्दा बढी मतले विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार डा. राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् भने उहाँलाई निकटतम प्रतिद्दन्दि जसपा उपेन्द्रले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । डा. राउतलाई मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले एक समारोह विच विजयीको घोषणका साथै निर्वाचित भएकोमा प्रमाण पत्र समेत वितरण गर्नु भयो ।
मत परिणामका क्रममा तेश्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् । डा. राउतले १८ हजार ६३ मत अन्तरले विजय भएको थियो । यस क्षेत्रमा ९५ हजार ३ सय ९४ मतदाता छन् । जसमध्ये ६४ हजार २ सय १९ मत खसेकोमा ३ हजार २ सय ९८ मत बदर र ६० हजार ९ सय २१ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसै गरी जनमत पार्टीका प्रदेशसभा सदस्यमा निर्वाचित भएका सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (क) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह र क्षेत्र नं. २ को प्रदेशसभा (ख) बाट जनमत पार्टीकै महेशकुमार यादवलाई मुख्य निर्वाचन अधिकृत रावलले प्रमाण पत्र वितरण गर्नु भयो । सिंह १६ हजार ७ सय ३४ मत ल्याई निर्वाचित भएका थिए भने उहाँले नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई ८ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् । मन्त्री साहले ८ हजार २ सय ९२ मत मात्र प्राप्त गरेका थिए ।
त्यस्तै, सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदबार बनेका लोसपाका सरोज मण्डलले ६ हजार १ सय ३२ मत प्राप्त गरेका थिए ।
यसैगरि प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट जनमत पार्टीकै उम्मेदवार यादव १३ हजार ३ सय २५ मत ल्याई निर्वाचित भएका हुन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवं पूर्व सिंचाई मन्त्री उमेश यादवसँग ६ हजार ३ सय २ मतान्तरले बिजयी भएका हुन । उमेशले ७ हजार २३ मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदबार बनेका जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।
यसै विच सप्तरीको प्रदेशसभा क्षेत्र नं. ३ को २ मा जनमत पार्टीका उम्मेदवार ई. शम्भु साहले वर्तमान प्रदेशसभा सदस्य विदेश्वर यादवलाई ४८ मतले पराजित गरेका छन् । यो जित सँगै सप्तरीमा जनमत पार्टीका तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
साहले १० हजार ८ सय ६२ मत प्राप्त गरे भने उहाँका निकटत्तम प्रतिद्वन्दी यादवले १० हजार ८ सय १४ मत ल्याएका छन । यसैगरि नेपाली काँग्रेसका उम्मेदवार भगवती यादवले ९ हजार २ सय १ मत प्राप्त गरेका छन ।
सम्पन्न निर्वाचनको मत परिणामले नेपाल कम्यूनिष्ट पार्टी समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको उम्मेदवार जयप्रकाश ठाकुरले पनि जनमत पार्टीको उम्मेदवार अगाडि टिक्न सकेन, नराम्रो तवरले पराजित हुनुभयो। क्षेत्रको तिनवटै सिट जनमत पार्टीको उम्मेदवारहरु ले लिए। प्रतिनिधि सभा पदमा चन्द्र कान्त राउत(सि.के.राउत) र प्रदेश सभा क्षेत्र (क) बाट शतिश सिंह र क्षेत्र (ख) बाट महेश यादवले अत्यधिक एवम् क्षेत्र ३ (ख) बाट शम्भु साहले झिनो मत अन्तर ले विजयी भएका छन्।
ताजा परिणाम
