१० पौष ,राजविराज ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी,व्यवस्थापन,विज्ञान र शिक्षा शास्त्र संकाय र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने व्यावस्थापन,विज्ञान र शिक्षा शास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुले र प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३)अनुसार तीन बर्षे स्नातक तहको समय सिमा नाघेका मौका परीक्षा ( तीन वर्षे स्नातक तह र्काक्रम सांचलन भए देखिका सम्पूर्ण ) परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तीन ,चार वर्षे दोस्रो वर्षका स्नातक तर्फका नियमित, आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस/कलेजमा र प्राईभेट परीक्षार्थी हरुले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल पौष ०९ गते देखि २०७७ माघ ०८ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
for more detail : https://tuexam.edu.np/