पुस ४, रौतहट ।
मधेश प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा स्वीकृत मधेश प्रदेशको प्रादेशिक वालविकासको रणनीति एक कार्यक्रमविच मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्री नवलकिशोर साहले सार्वजनिक गर्नुभएको छ। सोमवार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित वालविकासको रणनीति सम्वन्धी प्रबोधिकरण कार्यक्रमको उद्धाटन गर्नुहुदै मन्त्री साहले उक्त रणनीति सार्वजनिकरण गर्नुभएको छ।सामाजिक विकास मन्त्रीको अध्यक्षतामा रहेको समितिले उक्त रणनीति स्वीकृत गरि सार्वजनिक गरेका हुन।रणनीतिले प्रारम्भिक वालविकासको शैक्षिक,गुणस्तर स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराएका छन।मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षता तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयाल, पुर्व शिक्षा सचिव डा. रास्वरुप सिंन्हा,रौतहट ,सर्लाही ,वारा र पर्साका जिल्लाका जिल्ला शिक्षा समन्वय समितिका प्रमुखहरु समेतको सहभागीता रहेको थियो ।