मधेश न्यूज सम्वाददाता,
जनकपुरधाम २२ बैशाख ।
नयाँ भेरियन्ट सहितको कोभिड १९ कोरोना महामारीलाई नियन्त्रण तथा रोकथामका लागि यू.एन.एफ.पी.ए. ले प्रदेश २ सरकारलाई ब्यापक मात्रामा स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्रदान गरेका छन् ।
गत केही दिन देखि २ नं. प्रदेश सहित नेपालमा कोरोना संक्रमण ब्यापक फैलावटले गर्दा सोको रोकथाम गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो ।
यू.एन.एफ.पी.ए. ले पेसेन्ट केयर का लागि ८०० थान गाउन(पी.पी.ई),२००००थान सर्जिकल मास्क,९६० थान एन ९५ मास्क,१८००० थान मेडिकल मास्क,१००० थान फेर कभर,५०००० थान ग्लोभ्स,१००८ थान स्यानिटाईजर,१० थान थर्मल गन उपलब्ध गराएका छन । नयाँ भेरियन्टमा यति ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गर्ने पहिलो यू.एन एजेन्सी वन्न पुगेको छ । उक्त सामग्रीहरु प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको रोहवरमा प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रका डा .राजिव झाले वुझेका थिए भने यू.एन.एफ.पी.ए. का प्रदेश निर्देशक नरेन्द्र मिश्रले हस्तान्तरण गरेका थिए । उक्त अवसरमा मन्त्री साहले धन्यवाद ज्ञापन गर्दै यस परिस्थितिलाई सामना गर्न सवैमा सहयोगको अपिल गरेका थिए ।