राजकुमार पण्डित,
राजविराज १० फाल्गुन ।
पतञ्जली सप्तकोशी नगरयोग समिति द्वारा पञ्चदिवशिय योग विज्ञान शिविर निशुल्क सोमवार देखि सप्तकोशी नपा ५ गंगाजलीमा संचालन गरिएको छ ।
गोसाई चौधरीको अध्यक्षतामा संचालन गरिएको सो शिविरमा प्रमुख अतिथिको रुपमा सप्तकोशी नपाका नगर प्रमुख उत्तम कुमार गौतम रहेका थिए भने प्रमुख प्रशिक्षकका रुपमा पतञ्जली योग समिति प्रदेश नं २ का अध्यक्ष हरिहर चौधरी द्वारा प्रशिक्षण दिइएको थियो । यसरी नै स्वागत मन्तव्य सप्तकोशी नगरयोग अध्यक्ष सुरेश चौधरीले दिएको थियो र शुभकामना मन्तब्य सप्तकोशी नपा ५ का वडा अध्यक्ष चौधरीले दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा अतिथिहरुको रुपमा प्रदेश २ का मिडिया किसनुदेव यादव, सप्तरी अध्यक्ष रामस्वरुप चौधरी, सप्तरी मिडिया अध्यक्ष राजकुमार पण्डित, उपाध्यक्ष कुष्ण नाारायण चौधरी र महिला अध्यक्ष शान्ति चौधरी लगायतका उपस्थिती थियो ।