रुपेश यादव, भदौ ५ राजबिराज ,सप्तरी ।
छिन्नमस्ता गाउँपालिकामा बालविवाह मुक्त सम्बन्धि पुरोहित, मोलवी तथा अगुवाहरूका बीच अभिमुखिकरण कार्यक्रम आज वडा नं . ३ का वडा अध्यक्ष विजय यादवको अध्यक्षता एबम सेफ द सप्तरीको आयोजनामा गाउँपालिकाको समन्वय तथा सेफद चिल्ड्रेनको सहयोगमा पालिकाको हलमा उक्त कार्यक्रम समपन्न भएको संयोजक राजीव चौधरीले जानकारी जानकारी दिए ।
कार्यक्रममा वालविवाह मुक्त पालिका बनाउन राष्ट्रिय रणनिति, अभियान , प्रचलित कानुन , वालविवाह के हो, वालविवाहले पार्ने असर तथा कानुनले तोकेको दण्ड सजायको वारेमा पुरोहित, मोलवी तथा अगुवाहरुलाई विस्तृत जानकारी गराए ।
छिन्नमस्ता गाउँपालिका को वडा नं . १ र ६ नम्बर वडाले वालविवाह मुक्त वडा घोषणा भईसकेको कार्यक्रममा जानकारी दिए । तथ्याङ्क अनुसार २०८० मा ७४ वटा वालविवाह पालिका भरीमा भएको आयोजकको भनाईछ । त्यसैले सेफ द सप्तरीले पालिका लाई वालविवाह मुक्त बनाउन विभिन्न अभियान समेत चलाउने कार्यक्रममा जानकारी दिए ।
वालविवाह हुन नदिन के के गर्नु पर्छ भन्ने विषयमा सहभागीहरुले तर्क सहित न न्युनिकरण का निम्ति प्रतिबद्धता समेत जनाएका थिए ।
त्यस्तै वालविवाह मुक्त वडा नं . १ का वडा अध्यक्ष ललन प्रसाद यादवले बालविवाह हुन नदिन जनस्तर वाटै प्रमुख भुमिका खेल्नु पर्ने वताए । उहाका अनुसार संघ, संस्थाले समेत विभिन्न कार्यक्रम गरी जनतामा जागरण ल्याए वालविवाह रोक्न सक्ने बताए । त्यस्ते वडा २ का वडा अध्यक्ष सिकेन्द्र साहले वालविवाह रोक्न शिक्षा, स्वास्थ्यसँगै विवाहका समयमा जन्म दर्ता समेत हेर्नुपर्नेमा जोड दिए ।
कास्थ्य, व्यास, बाहुनहरुमा शिक्षामा बढि जोड दिएको कारण ति जातिहरुमा वालविवाह न्यून भइरहेको वडा न् ५ का वडा अध्यक्ष जय प्रकाश ठाकुरले बताए । त्यसैले शिक्षामा जोड दिए वालविवाह रोक्न सहयोग पुग्ने ठाकुरको भनाई रहेको छ ।
कार्यक्रमको अध्यक्ष तथा ३ नं. वडाका वडा अध्यक्ष विजय यादवले कानुनि व्यवस्थाको सम्मान गरी प्रचारप्रसारमा वढी जोडदिए वालविवाह रोक्न सहयोग हुने बताए । त्यसतै पालिका सल्लाहकार तेज नारायण यादवले बालविवाह रोक्न विवाह कार्डमै जन्म मिति उल्लेख हुनुपर्ने आग्रह गरे ।
कार्यक्रममा वडा नं . १ का वडा अध्यक्ष ललन प्रसाद यादव , २ नं.वडाका वडा अध्यक्ष सिकेन्द्र साह, ३ वडाका वडा अध्यक्ष विजय यादव, ५ नं. वडाका वडा अध्यक्ष जयप्रकाश ठाकुर, ६ वजका वडा अध्यक्ष कपलेश्वर साह र ७ नं . वडाका वडा अध्यक्ष अछेलाल यादव तथा पालिकाका सल्लाहकार तेजनारायण यादव लगायत पुरोहित, मोलवी, अगुवा तथा सेफ द सप्तरीका कर्मचारीहरू रुभा मण्डल यादव, मुकेश यादव, शिल्पा देव, बद्रि मण्डल, संजय मण्डलको उपस्थिति रहेका थिए ।