लिलाकान्त यादव,
राजविराज, ०५ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको भारदह स्थित रोयल सेकन्डरी स्कूलमा ‘बलिदानी दिवस’ शिर्षक राखेर बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
१६ औं बलिदानी दिवसको अवसरमा ‘बलिदानी दिवस’ शिर्षकमा छात्रछात्राहरुले आफ्ना गहनतम विचारहरु राखेका थिए ।
सम्पन्न प्रतियोगितामा जम्मा १४ जना छात्रछात्राहरुले सहभागी भएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल दिनेश कुमार यादवले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा को–अर्डिनेटर देवनाथ यादव रहेको थियो ।
निर्णायक समितिमा विद्यालयका शिक्षक राजकुमार मंडल, नविन कुमार मंडल, प्रभु नारायण यादव र पुजा दास रहेका थिए भने विद्यालयका शिक्षक तथा शिक्षिकाको उपस्थिती रहेको थियो ।
शिक्षक नरेश झाले कार्यक्रम संचालन गरिएको सो प्रतियोगितामा कक्षा ७ का महेश राय प्रथम, कक्षा ८ का कृष्णा मंडल द्धितिय, कक्षा ९ का खिलेश्वर मंडल तृतीय श्रेणी र मोनिका दासलाई सान्तवना पुरस्कार दिएको थिए ।
उत्कृष्ट छात्रछात्राहरुलाई विद्यालयबाट कापीकलम आदिले पुरस्कृत गरिएको थियो ।