emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी

source e-Madhesh २०८२ माघ २५ गते , आइतबार
0
Shares
12
Views
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, २५ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट दलहरूले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसक्दा मुलुक असहज अवस्थामा पुगेको बताएका छन्।
सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिका अधिकांश सरकारमा कांग्रेस र कम्युनिस्ट नै जिम्मेवार रहेको उल्लेख गरे। “सुशासन र विकास दिन नसक्दा युवापुस्ता आन्दोलित भएको छ, देश असहज अवस्थामा पुगेको छ,” उनले भने।
शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रलाई सुदृढ गर्नुको साटो निजीकरण र पार्टीकरण गरिएकाले सरकारी संरचना कमजोर भएको उनको आरोप थियो। सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका यादवले चुनावका बेला बाचा गरेर कार्यान्वयन नगर्ने नेतासँग मतदाताले निरन्तर प्रश्न गर्नुपर्ने बताए। “जनताले प्रश्न सोधिरहे मात्र नेता जिम्मेवार बन्छन्,” उनले भने।
जसपाकै पहलमा स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा काम भएको दाबी गर्दै उनले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, अस्पताल र सडक निर्माणजस्ता योजनाको चर्चा गरे।
यसैबीच, तत्कालीन रायपुर गाविसका पूर्व अध्यक्ष हिरालाल मण्डल नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्। अध्यक्ष यादवले उनलाई स्वागत गरेका हुन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव