emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रियता हाम्रो अस्तित्वको आधारः उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ माघ २१ गते , बुधबार
0
Shares
101
Views
राष्ट्रियता हाम्रो अस्तित्वको आधारः उपराष्ट्रपति यादव


लिलाकान्त यादव,
काठमाडौं, २१ माघ ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रियता हाम्रो अस्तित्वको आधार भएको उल्लेख गर्दै विकासका योजना नागरिकको पहिचान, संस्कृति र जीवनशैलीलाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ। उहाँले बुधबार काठमाडौंमा आयोजित आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रियता र समृद्धि एक–अर्काका पूरक भएको धारणा व्यक्त गर्नुभयो।
उपराष्ट्रपति यादवले विकासको नाममा विस्थापन होइन, सशक्तीकरण र अवसर विस्तारमा जोड दिन आवश्यक रहेको बताउनुभयो। नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतालाई आत्मसात गर्दै एकता, सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण गर्ने संकल्प लिएको उल्लेख गर्दै समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने जिम्मेवारी संवैधानिक आयोगहरूको भएको उहाँको भनाइ थियो।
आदिवासी जनजाति आयोगलाई संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनमा मार्गदर्शक भूमिका निर्वाह गर्नुपर्ने निकायका रूपमा उल्लेख गर्दै उहाँले आदिवासी जनजाति समुदायको पहिचान, भाषा, संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधार भएको बताउनुभयो। ती मूल्यहरूको संरक्षण र संवद्र्धन सामूहिक जिम्मेवारी भएको उहाँले स्पष्ट गर्नुभयो।
उपराष्ट्रपति यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारका रूपमा अनुभूत गराउने विश्वास व्यक्त गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव