emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
शहिदगेटमा जसपा नेपालका युवा र विद्यार्थीहरुद्वारा बृहत सरसफाई’
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार

ईमधेश सम्वाददाता,
जनकपुरधाम, ०४ माघ ा
 जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का भातृसंगठन समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ नेपालले संयुक्त रुपमा जनकपुरधाम स्थित शहिदगेटमा शहिदहरूको शालिकमा बृहत सरसफाई अभियान आज शुक्रबार बिहान सञ्चालन गरेका थिए ।
समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष रामभगत यादवको नेतृत्वमा आयोजित यस अभियानमा जसपा नेपालका केन्द्रिय सदस्यद्वय लालकिशोर साह र जितेन्द्र यादव, विद्यार्थीका प्रतिनिधिहरु बलिराम कापरी, रामकुमार साह, किशन यादव, रोहित यादव र धिरु यादव सहित पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा र स्थानीय नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो।
 जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष पुण्यप्रसाद यादवको विशेष पहल र सहयोगमा उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी, पानी ट्यांकी र बारुण यन्त्रको विशेष सहयोगमा यो सरसफाई कार्यक्रम सम्पन्न भएको हो।
यसैबीच, माघ ५ गते, मधेश बलिदानी दिवसको अवसरमा जनकपुरधाम–१४ स्थित मुजेलियामा शहिदगेटमा शहिदहरूको शालिकमा माल्यार्पण गर्ने र जनकपुरधामको रमेश चौकमा साँझ ४ः०० बजे दीपप्रज्वलन गर्दै श्रद्धाञ्जली सभा आयोजना गर्ने कार्यक्रम रहेको विद्यार्थी जिल्ला अध्यक्ष यादवले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार