

आर एन महतो ,
०१ माघ ।
उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूको सर्वाङ्गिन विकासमा मात्रै सीमित नभई उनीहरूलाई नैतिकता, राष्ट्रभक्ति, र सामाजिक मूल्यसहित शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित श्री बलम्बु माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय भवन समुद्घाटन समारोहमा उहाँले सामुदायिक विद्यालयहरू देश र समाजको आवश्यकतालाई केन्द्रमा राखी शिक्षाको माध्यमबाट समग्र विकासमा योगदान दिनुपर्ने बताउनुभयो।
उपराष्ट्रपति यादवले विद्यालयले परम्परागत शिक्षण पद्धतिलाई समय सापेक्ष सुधार गरी प्रविधि र सीपमुखी शिक्षामा केन्द्रित हुन जरुरी रहेको औंल्याउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूको साखलाई सुदृढ गर्न बलम्बु माविले उत्कृष्ट उदाहरण प्रस्तुत गर्नसक्ने विश्वास व्यक्त गर्दै यसको प्रविधिमैत्री र व्यावहारिक शिक्षा कार्यक्रमले विद्यार्थीहरूको भविष्यलाई थप उज्यालो बनाउने आशा गर्नुभयो।
समारोहमा उहाँले सामुदायिक विद्यालयहरूले समाजका सबै वर्गलाई समान अवसर उपलब्ध गराउन र आर्थिक रूपमा कमजोर तथा पछाडि परेका समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। शिक्षालयमा ब्युटिसियन, इलेक्ट्रिसियन, मोबाइल मर्मत, मोटर बाइक मर्मत जस्ता सीप विकासका कोर्षहरू सञ्चालन गरेर विद्यार्थीहरूलाई दक्षता र आत्मनिर्भरता प्रदान गर्नुपर्ने उहाँको धारणा थियो।
उपराष्ट्रपतिले शैक्षिक गुणस्तरसँगै सांस्कृतिक र व्यवहारिक शिक्षाको महत्वलाई पनि औंल्याउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूले नेपालको मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न भूमिका खेल्नुपर्ने र शिक्षण विधिलाई जीवनोपयोगी र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभयो।
समारोहमा उहाँले विद्यालयमा योगदान पु¥याउने संस्था र व्यक्तित्वलाई प्रशंसापत्र हस्तान्तरण गर्नुका साथै सामुदायिक विद्यालयहरूले ज्ञान, सीप, नैतिकता, र संस्कारले सुसज्जित गर्दै राष्ट्र निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया
सम्बन्धित समाचार
