emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने

source e-Madhesh २०८२ पुस २५ गते , शुक्रबार
0
Shares
20
Views
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने

ईमधेश न्यूज सम्वाददाता,
नेपालगन्ज, २५ पौष ।
 बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगन्जमा स्लो बाइक प्रतियोगिता आयोजना हुने भएको छ । बास नेपालले विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको उक्त प्रतियोगिताको छैटौँ श्रृङ्खला यही कार्तिक २७ गते नेपालगन्जमा हुने जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आयोजना हुने प्रतियोगिता नेपालगन्जको न्यूरोड क्षेत्रमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागीहरूले तोकिएको १०० मिटर दूरी सबैभन्दा कम गति अर्थात् सुस्त गतिमा पार गर्नुपर्नेछ । निर्धारित दूरी सबैभन्दा बढी समय लगाएर पार गर्ने प्रतियोगी विजयी घोषित हुनेछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । बढ्दो सवारी दुर्घटनाप्रति सचेतना जगाउने, ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र सीमित गतिमा सवारी चलाउने संस्कार विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बास नेपालले जनाएको छ ।
आयोजकका अनुसार पछिल्लो समय विशेषगरी युवा पुस्ता तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढिरहेको सन्दर्भमा सुस्त गतिमा सवारी चलाउँदा ज्यान जोगिन सक्ने सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले अनलाइन वा बास नेपालको कार्यालयमा पुगेर नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिता कार्तिक २७ गते आइतबार दिउँसो १ बजेबाट सुरु हुने कार्यतालिका रहेको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न