emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट

source e-Madhesh २०८२ मंसिर २४ गते , बुधबार
0
Shares
45
Views
उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौंं, २४ मंसिर ।
 सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका महामहिम राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
भेटमा दुवै पक्षबीच नेपाल–कतार सम्बन्ध, श्रम तथा आप्रवासन, व्यापार, लगानी तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यबारे महत्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादवले सन् १९७७ देखि स्थापना भएको कूटनीतिक सम्बन्ध आपसी विश्वास र मित्रतामा आधारित रही निरन्तर सुदृढ बनेको भन्दै सन्तोष व्यक्त गरे। कतारमा कार्यरत करिब ३ लाख ६५ हजार नेपाली श्रमिकले त्यहाँको अर्थतन्त्र र देशका परिवारलाई दिएको योगदान प्रशंसनीय रहेको उनले बताए।
यादवले सुरक्षित तथा सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै २०२५ को रमादान तथा ईदमा नेपाली बन्दीलाई दिइएको ‘अमिरी क्षमादान’ का लागि कतारका अमिरप्रति धन्यवाद व्यक्त गरे। नेपाल २०२६ मा एलडीसी श्रेणीबाट स्तरोन्नतिको तयारीमा रहेको र २०३० सम्म मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यअनुसार कतारलगायत मित्र राष्ट्रबाट लगानी आवश्यक रहेको उनले बताए।
उपराष्ट्रपतिले काठमाडौं–दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै पर्यटन तथा व्यापार विस्तारमा यसले ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे। कतारका राजदूत अन्सारीले नेपाल–कतार मैत्रीपूर्ण सम्बन्ध ऐतिहासिक रूपमा मजबूत रहेको उल्लेख गर्दै हालै कतारले ३० नेपालीलाई कारागारबाट रिहा गरेको जानकारी दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव