emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवसंग यूएई राजदूत शम्सीको शिष्टाचार भेट

source e-Madhesh २०८२ मंसिर ४ गते , बिहीबार
0
Shares
154
Views
उपराष्ट्रपति यादवसंग यूएई राजदूत शम्सीको शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौं, ०४ मंसिर ।
 सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सईद मुबारक जर्वान अल शम्सीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुवै देशबीचको मित्रता, श्रम सहयोग, उच्चस्तरीय भ्रमण र आर्थिक तथा बहुपक्षीय सहकार्यबारे महत्वपूर्ण कुराकानी भएको उपराष्ट्रपतिका सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादवले १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपाल–यूएई सम्बन्ध आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यका आधारमा विस्तार हुँदै आएको बताए। उनले २०२५ अप्रिलमा यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानको नेपालको राजकीय भ्रमणलाई द्विपक्षीय सम्बन्धको इतिहासमा महत्वपूर्ण मोडको रूपमा स्मरण गरे।
रमजानका अवसरमा २८६ नेपाली नागरिकलाई प्रदान गरिएको आममाफीप्रति कृतज्ञता व्यक्त गर्दै उपराष्ट्रपति यादवले यूएईमा रोजगारीका अवसर बढ्दै गएको उल्लेख गरे। आईटी, इन्जिनियरिङ, स्वास्थ्य सेवा, होटल व्यवस्थापनजस्ता क्षेत्रमा दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकको माग बढ्न सक्ने बताउँदै उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारप्रति नेपालको प्रतिबद्धता दोहो¥याए।
राजदूत शम्सीले नेपालप्रति यूएईको सम्मान र सद्भाव प्रकट गर्दै श्रमिकका लागि नेपालमै सीप विकास केन्द्र स्थापना गर्न यूएई तयार रहेको बताए। ऊर्जा, प्रविधि तथा अन्य क्षेत्रमै पनि सहकार्य विस्तार गर्ने इच्छाशक्ति रहेको उनले स्पष्ट पारे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव