emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा भइरहेको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
40
Views
भारदहमा भइरहेको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन

भूपदेव माली फागुन ६ गते,सप्तरी। भारदहमा भइरहेको अन्तरविद्यालय दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा कबड्डी ,भलिबल तथा एथलेटिक्स खेल प्रतियोगिताको आइतबार नगरप्रमुख वीरेन्द्र माझी द्वारा समापन भएको छ। भारदह स्थित बीपी स्मारक पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगितामा नगरका जम्मा १० वटा मावि स्तरका विद्यालयहरू बाट छात्र- छात्राहरु सहभागी भएका थिए। सहभागी भएका विद्यालयहरू मध्येमा शिशु कल्याण पोर्ताहाले ७ स्वर्ण ३ रजत र ४ काश्य प्राप्त गरी प्रथम भएका छन् भने बीपी स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहले ६ स्वर्ण ५ रजत र ८ कास्य ल्याएर द्वितीय भएका छन् र मावि मधवापुरले ६ स्वर्ण ५ रजत र ४ कास्य ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन्। यसरी नै सरस्वती शिशु सदन पोर्ताहाले एक स्वर्ण ५ रजत र ३ कास्य, महावीर मावि हनुमाननगरले ३ रजत र ४ कास्य, इस्टर्न ज्योति भारदहले ५ स्वर्ण ५ रजत २ कास्य , रोयल सेकेन्डरी स्कुलले २ रजत र १ काश्य ल्याएका छन् र एभरेस्ट सेकेन्डरी स्कुल हनुमाननगरले पदक जित्न असफल रहेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन