emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
भारदहमा भइरहेको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार

भूपदेव माली फागुन ६ गते,सप्तरी। भारदहमा भइरहेको अन्तरविद्यालय दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा कबड्डी ,भलिबल तथा एथलेटिक्स खेल प्रतियोगिताको आइतबार नगरप्रमुख वीरेन्द्र माझी द्वारा समापन भएको छ। भारदह स्थित बीपी स्मारक पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगितामा नगरका जम्मा १० वटा मावि स्तरका विद्यालयहरू बाट छात्र- छात्राहरु सहभागी भएका थिए। सहभागी भएका विद्यालयहरू मध्येमा शिशु कल्याण पोर्ताहाले ७ स्वर्ण ३ रजत र ४ काश्य प्राप्त गरी प्रथम भएका छन् भने बीपी स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहले ६ स्वर्ण ५ रजत र ८ कास्य ल्याएर द्वितीय भएका छन् र मावि मधवापुरले ६ स्वर्ण ५ रजत र ४ कास्य ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन्। यसरी नै सरस्वती शिशु सदन पोर्ताहाले एक स्वर्ण ५ रजत र ३ कास्य, महावीर मावि हनुमाननगरले ३ रजत र ४ कास्य, इस्टर्न ज्योति भारदहले ५ स्वर्ण ५ रजत २ कास्य , रोयल सेकेन्डरी स्कुलले २ रजत र १ काश्य ल्याएका छन् र एभरेस्ट सेकेन्डरी स्कुल हनुमाननगरले पदक जित्न असफल रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार