emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको शुभारम्भ

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
92
Views
भारदहमा दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको शुभारम्भ

भूपदेव माली फागुन ४ गते, सप्तरी। भारदहमा दोस्रो नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिंग सिल्ड प्रतियोगिताको शुभारम्भ भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना, नगर प्रमुख वीरेन्द्र माझीको अध्यक्षता एवं प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत द्वारा बाइनर पढेर सो खेल प्रतियोगिता कार्यक्रमको उद्घाटन भएको हो। कबड्डी, भलिबल, एथलेटिक्स खेललाई प्राथमिकतामा राखेर तीन दिवसीय प्रतियोगितामा नगरका जम्मा ९ वटा माध्यमिक विद्यालय स्तरका विद्यालयहरूका छात्राहरुले सहभागी भएको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत हरिनारायण शाहले जानकारी गराउनुभयो। नगरको वडा नम्बर १ भारदह स्थित बीपी स्मारक पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रमको शिक्षक शैलेन्द्रलाल कर्णले मञ्च सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा बीपी स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहका प्रधानाध्यापक प्रकाश गुप्ता, वडा नं १ का वडा अध्यक्ष सुरेन्द्र मण्डल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समितिका अध्यक्ष प्राध्यापक डा. परशुराम मिश्र ले आ-आफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि राउतले यस नगरमा एउटा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हुनु आवश्यक भएको बताउँदै नगर प्रमुखले योजना प्रस्ताव अगाडि सारेमा मैले पूर्णरुपमा साथ सहयोग गरिने बताउनुभयो। यसरी नै कार्यक्रममा नगर प्रमुख बीरेन्द्र माझीले बोल्दै यसपटकको प्रतियोगितामा बजेट अभाव भएपनि अर्को वर्षदेखि सहभागी विद्यार्थी- खेलाडीहरुलाई पोशाक समेत उपलब्ध गराउने बताउनुभयो। आजको पहिलो खेल ४०० मिटरको दौडबाट सुरु भएको थियो। जसमा छात्र तर्फबाट प्रथम बीपी स्मारक पब्लिक माध्यमिक विद्यालयका बादल मुखिया प्रथम ,मधवापुर माविका रुपेश मण्डल द्वितीय र इस्टर्न ज्योति इ.बो. माविका मिथलेस मण्डल तृतीय स्थान ल्याएर पुरस्कृत भएका छन् भने छात्रा तर्फबाट कंकालिनी माविका खुशबु कुमारी खेरबार प्रथम, सरस्वती इ.बो.स्कुलका खुश्वु कुमारी मेहता द्वितीय र बीपी स्मारक पब्लिक माध्यमिक विद्यालयका पार्वती मुखिया तृतीय स्थान ल्याएर पुरस्कृत भएकी छिन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न