emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
मधेश प्रिमियर लिगः उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्सको विजयी सुरुआत
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार


आर.एन.मेहता,
राजविराज,०२ बैशाख ।
 तेस्रो संस्करणको मधेश प्रिमियर लिग (एमपीएल) को उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्स ले कोशी दुहबी क्यापिटल्सलाई ५६ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
राजविराजस्थित पविमावि खेलमैदानमा मंगलबार भएको खेलमा टस जितेर कोशी दुहबीले छिन्मस्तालाई ब्याटिङको निम्तो दिएको थियो। छिन्मस्ताले १८ ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको लक्ष्य प्रस्तुत ग¥यो। जसमा शंकर राणाले सर्वाधिक ६५ रन, सन्तोष कार्कीले ३१ र रोहन बिकले २२ रन जोडे।
बलिङतर्फ कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले समान ३÷३ विकेट लिए।
जवाफमा कोशी दुहबी क्यापिटल्स १३.४ ओभरमै ९८ रनमा अलआउट भयो। इशान पाण्डेले ३७, सोनु अन्सारीले २९ र दीपेश कडेलले १६ रन बनाए। छिन्मस्ताका नारायण जोशी र दिनेश अधिकारीले ३÷३ विकेट, अभिषेक कार्कीले २ र दिवान पुनले १ विकेट लिए।
प्लेयर अफ द म्याच शंकर राणा घोषित भए।
उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र एमपीएल अध्यक्ष इन्जिनियर सञ्जीव नारायण यादवले क्रमशः ब्याटिङ र बलिङ गर्दै प्रतियोगिताको शुभारम्भ गरेका थिए।
भोलिको पहिलो खेल सप्तरी बलान बिहुल सुपर किंग्स र छिन्मस्ता रूपनी मधेश राइडर्सबीच हुनेछ भने दोस्रो खेल कोशी दुहबी र काठमाडौं रोयल्सबीच हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार