emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
न्याय नपाए सरकारविरुद्ध उत्रने चेतावनी
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार


लिलाकान्त यादव,
काठमाडौं, ०२ बैशाख ।
 वित्तीय पीडितहरूले आफ्ना माग शान्तिपूर्ण ढंगले राख्दै आएको आन्दोलनमाथि सरकारले दमन गरिरहेको भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन्। मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममार्फत उनीहरूले सरकारलाई चेतावनी दिएका हुन्— यदि आवाज नसुने र दमन जारी राखे आन्दोलन उग्र बन्नेछ।
८८‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’८८द्वारा आयोजित कार्यक्रममा संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको आन्दोलनलाई कमजोरी ठान्नु सरकारको भ्रम भएको बताए। “इतिहासमा उत्पीडित जनता कहिल्यै हारेका छैनन्,“ उनले भने।
सहकारी बचतकर्ता संरक्षण अभियानका अध्यक्ष कुशलव केसीले सरकार र वित्तीय संस्थाहरूबीच भएका सहमतिहरू कागजमै सीमित रहेको र पीडितहरूलाई उल्टै कुटपिट, गिरफ्तारी र दुःख दिइएको भन्दै आक्रोश व्यक्त गरे।
नेशन फस्र्टका अध्यक्ष डा. नन्द काप्रीले वर्तमान सरकारलाई “जनताको होइन, पीडकको संरक्षक“ भन्दै कडा आरोप लगाए। मधेश प्रदेश इन्चार्ज युवराज रसाईलीले मैथिलीमा बोले, “यदि अब पनि न्याय नदिइयो भने गाउँगाउँबाट महाजनहरू लखेटिनेछन्।”
कार्यक्रममा विभिन्न प्रदेशका महिला नेतृ, अभियन्ता र पीडितहरूले पनि न्यायका लागि संघर्षमा ज्यानको बाजी थाप्न तयार रहेको चेतावनी दिएका थिए। कार्यक्रमको सञ्चालन देव कुमार श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार