emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
नयाँ वर्ष २०८२ मा उपराष्ट्रपति यादवको शुभकामनाः “सांस्कृतिक विविधता र समृद्धिको बाटोमा अघि बढौं“
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार


लिलाकान्त यादव,
राजविराज, ०१ बैशाख ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विक्रम संवत् नयाँ वर्ष २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा विविधता भित्रको एकता मुलुकको पहिचान भएको उल्लेख गर्दै नयाँ वर्षलाई नव संकल्प, सकारात्मक सोच र सहिष्णुताको माध्यमका रूपमा लिन आह्वान गरेका छन्।
उनले भनेका छन्, “नयाँ वर्ष केवल तिथिको परिवर्तन मात्र होइन, यो नैतिकता, इमानदारी र परिश्रमको साथ समृद्धिको यात्रा तय गर्ने प्रेरणा हो।” उनले नेपालको संवैधानिक मूल्यहरू – लोकतन्त्र, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, न्यायिक निष्पक्षता आदि थप सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ वर्षले उत्प्रेरणा दिने विश्वास व्यक्त गरे।
सन्देशमा उनले देशभर विभिन्न ढंगले मनाइने नयाँ वर्षका परम्परागत रूपहरू—जस्तै ‘सतुवाइन’, ‘जुडशितल’, ‘बुङगद्यः न्हंवः’, ‘विस्का जात्रा’ र ‘खायु सँल्हु’—ले नेपाली समाजको सांस्कृतिक विविधता र सहिष्णुतालाई बलियो बनाएको उल्लेख गरेका छन्।
उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, वातावरण संरक्षण, स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य र आर्थिक सुधारतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। उनले भने, “हामीले नयाँ वर्षलाई आत्ममूल्यांकन र समष्टिगत सुधारको अवसरका रूपमा लिनुपर्छ।”
अन्त्यमा, उनले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमान जस्ता मूल्यहरूलाई जगेर्ना गर्दै संविधानको समालोचना, सुधार र कार्यान्वयनमा सरकार तथा सरोकारवालाहरू प्रतिबद्ध हुनुपर्ने धारणा राखेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार