emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शुभकामना आदान–प्रदान, सम्मान तथा शैक्षिक विमर्श कार्यक्रम सम्पन्न

source e-Madhesh २०८१ चैत्र ३० गते , शनिबार
0
Shares
3
Views
शुभकामना आदान–प्रदान, सम्मान तथा शैक्षिक विमर्श कार्यक्रम सम्पन्न

लिलाकान्त यादव,
राजविराज, ३० चैत ।
 नयाँ वर्ष २०८२ को अवसरमा इन्टेलेक्चुअल फाउण्डेशन नेपालको आयोजनामा शनिबार शुभकामना आदान–प्रदान, सम्मान तथा शैक्षिक विमर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शहरी विकास कार्यालयको सभाकक्षमा आयोजित गरिएको थियो।

फाउण्डेशनका अध्यक्ष डा. सूर्य प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजविराजका का.वा.नगर प्रमुख इसरत प्रविन प्रमुख अतिथि र पूर्व निर्वाचन आयुक्त अयोधी प्रसाद यादव विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका संचालक सदस्य दिनेश कुमार यादव, मिलाप सप्तरीकी अध्यक्ष रमिला साह, शिक्षक चुनचुन यादवलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका नवनियुक्त प्रमुख शुशील कर्ण र जेएस मुरारका क्याम्पस, लहानका डा. बिनोद यादवलाई विशेष सम्मान गरिएको थियो। कर्णलाई प्रमुख पदमा नियुक्ति तथा यादवलाई विद्यापति पुरस्कार प्राप्त गरेकोमा दोसल्ला ओढाएर सम्मान गरिएको हो।
वक्ताहरूले स्थानीय सरकारको सक्रियता विना शिक्षा सुधार असम्भव रहेको धारणा राखे। साथै, शिक्षाको गुणस्तर, समावेशिता र व्यवहारिक सुधारका सम्भावनाबारे गहिरो विमर्श गरिएको थियो। उनीहरूले शिक्षा केवल किताबको कुरा नभई समाज परिवर्तनको मूल चाबी हुनुपर्नेमा जोड दिए।
फाउण्डेशनका पदाधिकारीका अनुसार यस्ता कार्यक्रमले सामाजिक चेतनाको विकास र शिक्षा क्षेत्रको सम्बोधनमा योगदान पु¥याउने विश्वास लिएको छ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, शिक्षक, विद्यार्थी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन