

लिलाकान्त यादव,
राजविराज,२६ चैत्र ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ बक्दुवामा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एक जना वन कर्मचारीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छप्कीबाट महुलीतर्फ जाँदै गरेको प्र २–०२–००२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–७ मन्सापुर निवासी अन्दाजी ४५–५० वर्षका हरेराम मण्डल गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा लगिएको थियो। तर डाक्टरले ईसीजी परीक्षणपछि मण्डललाई दिउँसो १ः३० बजे मृत घोषणा गरेका हुन्।
मण्डल मझौ समुदाय वन कार्यालयमा कार्यरत कर्मचारी थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया
सम्बन्धित समाचार
