

लिलाकान्त यादव,
राजविराज, ०८ मंसिर ।
रोयल सेकन्डरी स्कूलमा आयोजित छात्रा कबड्डी प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भयो। चार हाउस (ब्लु, ग्रिन, येलो, र रेड) बीच प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न भए।
ब्लु हाउसबाटकाजल यादव, रोशनी यादव, नन्दनी साह, मधु दास, संधिया मुखिया, खुश्वु मंडल र स्मृति कुमारी, ग्रिन हाउसबाट मोनिका दास, प्रिती यादव, काजल सिंह, सोनाक्षी यादव, पुष्पा शर्मा, ऐलिना शर्मा र प्रिया यादव येलो हाउसबाट मनिषा यादव, गरिमा यादव, रानी मुखिया, आजमा खातुन, पिंकी यादव, काजल राम र कामिनी सिंह रेड हाउसबाट श्रेया यादव, पुनम यादव, रानी राम, पुष्पा यादव, रिचा यादव, लक्ष्मी मंडल र सुभद्रा मंडल रहेका थिए ।
पहिलो म्याचमा ग्रिन हाउस र रेड हाउस बीच सम्पन्न भयो भएको थियो जसमा ग्रिन हाउस विजय भएको थियो ।
दोश्रो म्याच ब्लु हाउस र येलो हाउस बीच खेलियो जसमा विजेताः ब्लु हाउस विजय भएको थियो ।
फाइनल म्याच ब्लु हाउस र ग्रिन हाउस बीच प्रतिस्पर्धा भएकोमा ब्लु हाउस ले जित हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको थिए ।
यसरी पहिलो स्थान ब्लु हाउस, दोश्रो स्थान ग्रिन हाउस, तेश्रो स्थान येलो हाउस र चौथो स्थान रेड हाउस हासिल गर्न सफल भएको थियो ।
जितेका खेलाडीहरूलाई डटपेन, कापी, र पेन्सिल वितरण गरिएको थियो।
यो प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदमा उत्साह बढाउनुका साथै टोली भावना र अनुशासनलाई प्रोत्साहन गरेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
