emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
अन्तर्राष्ट्रिय खुसी दिवसः खुसीको अधिकार र महत्त्व
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार


 हरेक वर्ष मार्च २० मा संयुक्त राष्ट्रसंघ द्वारा अन्तर्राष्ट्रिय खुसी दिवस मनाइन्छ। यो दिवसले खुसीलाई आधारभूत मानव अधिकारका रूपमा स्थापित गर्न र विश्वभर खुसी प्रवद्र्धन गर्न प्रेरित गर्छ।
सन् २०११ मा संयुक्त राष्ट्र महासभाले खुसीलाई मानव जीवनको प्रमुख लक्ष्य का रूपमा घोषणा ग¥यो।
सन् २०१३ देखि संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा यो दिवस मनाउन थालेका छन्।
यस दिनलाई सकारात्मक सोच, आपसी सहयोग, दयालु व्यवहार र सामाजिक सद्भाव फैलाउने अवसरका रूपमा लिइन्छ।
नेपाल ८४ औँ स्थान मा छ।
फिनल्यान्ड लगातार ५ औँ वर्ष खुसी राष्ट्रको रूपमा पहिलो स्थानमा रहेको छ।
खुसी रैंकिंग शून्यदेखि १० को आधारमा नागरिकहरूले आफ्नो जीवनको मूल्याङ्कन गर्ने सर्वेक्षणमा आधारित हुन्छ।
“हेरचाह र साझेदारी“ भन्ने नाराले सहानुभूति, परोपकार, र आपसी विश्वासको महत्त्व झल्काउँछ।
यस नीतिले व्यक्तिगत तथा राष्ट्रिय खुसीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
खुसी एक व्यक्तिगत भावना मात्र नभई सामाजिक र राष्ट्रिय उन्नतिको पनि प्रमुख आधार हो। खुसी हुने र अरूलाई खुसी बनाउने सन्देशका साथ, यो दिवस जीवनशैली सुधार्ने, मानसिक स्वास्थ्यप्रति सचेत बनाउने र सकारात्मक सोच विकास गर्ने अवसर हो।
 खुसी हुन सिकौँ, अरूलाई पनि खुसी बनाऔँ! 

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार