emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मिथिलाको होलीः परम्परा, पदयात्रा र सांस्कृतिक महत्व

source e-Madhesh २०८१ चैत्र १ गते , शुक्रबार
0
Shares
86
Views
मिथिलाको होलीः परम्परा, पदयात्रा र सांस्कृतिक महत्व

मिथिला क्षेत्रको होली विशिष्ट धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको पर्व हो। मिथिलामा होलीको सुरुवात धनुषाधामको कचुरीबाट सुरु हुने डोला यात्रा मार्फत गरिन्छ। परम्परागत रूपमा, यो डोला यात्रा जटही, मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन पुगेर होली मनाइन्छ। यस धार्मिक यात्रालाई परिक्रमा भनिन्छ, जसमा राम–सीताको कथा, भजन तथा भक्ति गीतहरू गाइन्छन्।
फागु पूर्णिमाको दिन परिक्रमा सकेर तिर्थालुहरू जनकपुरधाम आइपुग्छन्। चिसो मौसम, लामो यात्रा तथा थकाइका कारण तराई–मधेशमा होली फागु पूर्णिमाको भोलिपल्ट मनाइन्छ। जनकपुरधाममा होलीको समापन गरिएपछि मात्र तिर्थालुहरू घर फर्किन्छन्।
 “कन्चन वन राम खेले होली“ भन्ने लोकप्रिय गीतले मिथिला क्षेत्रमा भगवान् रामले कन्चनवनमा होली खेलेको जनविश्वास दर्शाउँछ।
 पश्चिमी तराई क्षेत्रमा माटोले होली खेल्ने परम्परा छ। सूखा वा भिजेको माटोको लेप एक अर्कामा लगाएर सद्भाव र मित्रता जनाइन्छ।
 होलीमा परम्परागत लोकगीत, नृत्य र भजन गाइन्छ, जसले सामाजिक मेलमिलापलाई अझ बलियो बनाउँछ।
मिथिलाको होली धार्मिक परम्परा, सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतिक हो। यो मात्र रंगीन पर्व नभई सांस्कृतिक धरोहर हो, जसले समाजमा प्रेम, सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्ने कार्य गर्छ।
 “होली हे!...“ गीत गुञ्जिरहेकै छ, समस्त मिथिला क्षेत्र होलीको रङ्गमा रमाइरहेको छ। फागुपूर्णिमाको मंगलमय शुभकामना! 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न