ई-मधेश न्युज
जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १९ फाल्गुन ।
महादेवा गाउँपालिका–३ मा १५ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
२०८१ फागुन १५ गते राति करिब ९–१० बजे, पीडित नाबालिका घर बाहिर पिसाब फेर्न निस्कँदा प्रतिवादी कैला भनिने १९ वर्षीय सुमित कुमार यादव ले उनलाई जबरजस्ती आफ्नो किराना पसलमा लगी जबरजस्ती करणी गरी फरार भएका थिए।
घटना बारे जानकारी पाउनेबित्तिकै प्रहरी चौकी महादेवा बाट खटिएको टोलीले फागुन १६ गते बिहान १२ः४० बजे अभियुक्त यादवलाई पक्राउ गरेको हो।
हाल उनलाई जिल्ला अदालतबाट म्याद थप गरी कानुनी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।