emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

यात्रुहरूका लागि मिथिला मध्यमा परिक्रमा हेल्पडेस्क सञ्चालन

source e-Madhesh २०८१ फाल्गुन १६ गते , शुक्रबार
0
Shares
19
Views
यात्रुहरूका लागि मिथिला मध्यमा परिक्रमा हेल्पडेस्क सञ्चालन

लिलाकान्त यादव,
जनकपुरधाम, १६ फाल्गुन ।
 मिथिला मध्यमा परिक्रमाका क्रममा श्रद्धालु भक्तजन, साधु–सन्त तथा अन्य यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालले संयुक्त रूपमा विभिन्न स्थानमा हेल्पडेस्क सञ्चालन गरेका छन्।
१५ दिने परिक्रमाका क्रममा नेपालतर्फका ११ स्थानमा हेल्पडेस्क स्थापना गरिएको छ। क्लोथ बैंक नेपालका कार्यालय सचिव कृष्ण कुमार साहका अनुसार, ती हेल्पडेस्कमार्फत यात्रुहरूलाई प्राथमिक उपचार, स्वास्थ्य जाँच तथा आवश्यक सहायता सामग्री वितरण गरिँदै छ।
उद्घाटन कार्यक्रममा हेल्पडेस्क सहसंयोजक रुबी झाको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, धनेश्वर ठाकुरलगायतको विशेष उपस्थिति रहेको थियो।
यात्रुहरूको स्वागत गर्दै सिअहेब दिलीप मिश्रसहित अन्य सदस्यहरूले स्वास्थ्य जाँच तथा आवश्यक सामग्री वितरण गरेका थिए। प्रमुख अतिथि नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झाले परिक्रमाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे प्रकाश पारे।
संस्थाका प्रवक्ता प्रमोद कुमार साहका अनुसार, प्रत्येक वर्ष परिक्रमा यात्रुहरूलाई स्वास्थ्य सहायता, पिउने पानी, हराएका यात्रुहरूको खोजी तथा अन्य सुविधाहरू प्रदान गर्दै यात्रा सहज बनाउन संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस वर्षको हेल्पडेस्क व्यवस्थापनले यात्रुहरूको यात्रा सुरक्षित, व्यवस्थित र सहज बनाउन महत्वपूर्ण योगदान दिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की