emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
यात्रुहरूका लागि मिथिला मध्यमा परिक्रमा हेल्पडेस्क सञ्चालन
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार


लिलाकान्त यादव,
जनकपुरधाम, १६ फाल्गुन ।
 मिथिला मध्यमा परिक्रमाका क्रममा श्रद्धालु भक्तजन, साधु–सन्त तथा अन्य यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालले संयुक्त रूपमा विभिन्न स्थानमा हेल्पडेस्क सञ्चालन गरेका छन्।
१५ दिने परिक्रमाका क्रममा नेपालतर्फका ११ स्थानमा हेल्पडेस्क स्थापना गरिएको छ। क्लोथ बैंक नेपालका कार्यालय सचिव कृष्ण कुमार साहका अनुसार, ती हेल्पडेस्कमार्फत यात्रुहरूलाई प्राथमिक उपचार, स्वास्थ्य जाँच तथा आवश्यक सहायता सामग्री वितरण गरिँदै छ।
उद्घाटन कार्यक्रममा हेल्पडेस्क सहसंयोजक रुबी झाको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, धनेश्वर ठाकुरलगायतको विशेष उपस्थिति रहेको थियो।
यात्रुहरूको स्वागत गर्दै सिअहेब दिलीप मिश्रसहित अन्य सदस्यहरूले स्वास्थ्य जाँच तथा आवश्यक सामग्री वितरण गरेका थिए। प्रमुख अतिथि नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झाले परिक्रमाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे प्रकाश पारे।
संस्थाका प्रवक्ता प्रमोद कुमार साहका अनुसार, प्रत्येक वर्ष परिक्रमा यात्रुहरूलाई स्वास्थ्य सहायता, पिउने पानी, हराएका यात्रुहरूको खोजी तथा अन्य सुविधाहरू प्रदान गर्दै यात्रा सहज बनाउन संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस वर्षको हेल्पडेस्क व्यवस्थापनले यात्रुहरूको यात्रा सुरक्षित, व्यवस्थित र सहज बनाउन महत्वपूर्ण योगदान दिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार