emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संयुक्त विद्यार्थी संगठन सप्तरीद्वारा मधेश कृषि विश्वविद्यालयको समस्या समाधानको माग

source e-Madhesh २०८१ फाल्गुन ३ गते , शनिबार
0
Shares
48
Views
संयुक्त विद्यार्थी संगठन सप्तरीद्वारा मधेश कृषि विश्वविद्यालयको समस्या समाधानको माग

लिलाकान्त यादव,
राजविराज, ०३ फाल्गुन ।
 मधेश कृषि विश्वविद्यालयको सिनेट बैठक मधेश प्रदेश सरकारले समयमा सम्पन्न नगरेको कारण विश्वविद्यालयमा उत्पन्न समस्या प्रति संयुक्त विद्यार्थी संगठन सप्तरीले गम्भीर ध्यानाकर्षण जनाएको छ।
सिनेट बैठक नभएको कारण विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूले तलब नपाई २०८१ फाल्गुन १ गतेबाट तालाबन्दी गरेका छन्, जसका कारण विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएको संगठनले जनाएको छ। विद्यार्थीहरूले पढ्ने मौलिक हकबाट वञ्चित हुनुपरेको भन्दै संयुक्त विद्यार्थी संगठनले मुख्यमन्त्री सतिश कुमार सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीलाई समस्या समाधान गर्न जोडदार माग गरेको छ।
विद्यार्थी संगठनका नेताहरूका अनुसार मधेश प्रदेश सरकारले समस्या समाधान गर्नुको साटो झन् जटिल बनाउने कार्य गरिरहेको आरोप लगाइएको छ। संगठनले यथाशीघ्र समस्या समाधान गरी नियमित कक्षा सञ्चालन नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।
यदि माग सम्बोधन नभए विद्यार्थीहरूले कडा आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मधेश प्रदेश सरकारले लिनुपर्ने संगठनले स्पष्ट पारेको छ।
यसमा श्याम कुमार यादव, अध्यक्ष, समाजवादी विद्यार्थी युनियन नेपाल, सप्तरी,
राकेश ठाकुर, सभापति, नेपाल विद्यार्थी संघ सप्तरी, मनिषा कुमारी साह इन्चार्ज अनेरास्ववियु, सप्तरी, सत्य नारायण चौधरी, अध्यक्ष, अनेरास्ववियु सप्तरी, महेश कुमार यादव, अध्यक्ष लोकतान्त्रिक विद्यार्थी संघ सप्तरी, रञ्जित कुमार यादव, अध्यक्ष स्ववियु, मविव क्याम्पस राजविराज र कृष्णा कुमार राम, अध्यक्ष, अखिल क्रान्तिकारी, सप्तरीका विद्यार्थी संगठनका नेताहरूले हस्ताक्षर गरी प्रेस विज्ञप्ति निकालेका थिए ।
संगठनले अविलम्ब समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै, विद्यार्थीहरूको भविष्यमा असर पार्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न