

लिलाकान्त यादव,
राजविराज ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा–३ पोर्ताहास्थित रोयल सेकेन्ड्री स्कूल मा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पाँच समूह (A, B, C, D, E) बनाई प्रत्येक समूहमा पाँच विद्यार्थी गरी कुल २५ जना सहभागी भएका थिए।
प्रथम स्थान A समूह, द्वितीय स्थान D समूह, तृतीय स्थान B समूह भएका थिए ।
प्रथम पुरस्कार मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादवले वितरण गरेका थिए, दोस्रो पुरस्कार शिक्षक मनोज यादवले प्रदान गरे र तृतीय पुरस्कार मधेश न्यूजका पत्रकार भूपदेव मालीले प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नरेश कुमार झा र श्रवण मंडलले गरेका थिए।
पुरस्कार वितरण समारोह विद्यालयका प्रिन्सिपल देवनाथ यादवको अध्यक्षतामा सम्पन्न भयो।
प्रथमा, द्वितीय, र तृतीय स्थान हासिल गर्ने समूहका छात्र–छात्राहरूलाई विद्यालयद्वारा पुरस्कृत गरिएको छ।
यो प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान अभिवृद्धि र सिर्जनात्मक क्षमताको विकासमा योगदान पु¥याएको विद्यालयले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
