

लिलाकान्त यादव,
राजविराज, २२ माघ ।
सप्तरी, सुनसरी, तथा आसपासका क्षेत्रका सरस्वती मूर्तिहरू कोशी ब्यारेजस्थित नदीमा विधिपूर्वक विसर्जन गरिएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदह स्थित कोशी ब्यारेज मा हरेक वर्षझैं यस वर्ष पनि हजारौं भक्तजनहरूको सहभागितामा विद्या, ज्ञान, र संगीतकी देवी सरस्वतीको मूर्ति विसर्जन गरिएको हो।
सरस्वती पूजाका अवसरमा विभिन्न विद्यालय, कलेज, मठ–मन्दिर तथा सार्वजनिक स्थानहरूमा स्थापित मूर्तिहरू पूजाआजा सम्पन्न गरेपछि विसर्जन गर्ने परम्परा रहेको छ।
सप्तरी, सुनसरी, मोरङ लगायतका चारै दिशाबाट हजारौको संख्यामा श्रद्धालुहरू कोशी ब्यारेजमा मूर्ति विसर्जन गर्न आएका थिए।
विसर्जनका क्रममा भक्तजनहरूले भजन–कीर्तन, मंगलध्वनि, तथा धार्मिक गीतहरू गाएर देवी सरस्वतीको जयजयकार गरेका थिए ।
सरस्वती पूजाको समापनसँगै विद्या, कला, र संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्ने सन्देश बोकेको यो धार्मिक परम्परा सम्पन्न भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
