

मधेस न्युज संवाददाता
कीर्तिपुर।
कीर्तिपुरको टियु स्टेडियममा भएको नेपाल प्रिमियर लिग क्रिकेट खेलमा जनकपुर बोल्ट्सको जित भएको छ। सम्पन्न खेलमा सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ड्स बीच भएको प्रतिस्पर्धामा जनकपुर बोल्ट्सले चार विकेटमा लक्ष्य पुरा गरी जितेका हुन्।
कप्तान देपेन्द्र सिंहको कप्तानीमा सुदूरपश्चिम रोयल्स भर्सेस कप्तान आसिफ शेखको कप्तानीमा जनकपुर बोल्ट्स बीच भएको खेलमा सुदूर पश्चिम रोयलले टस जितेर पहिलो ब्याटिङ गर्दै १८५ रनको लक्ष्य जनकपुर टिमलाई दिएको थियो।
सम्पन्न खेलमा सर्वाधिक रन बनाउने जनकपुर बोल्ड्सका लहिरु मिलन्थाले ४९ बलमा ९ चौका ४ छक्का सहित जम्मा ८७ रन बनाएर म्यान अफ द म्याच बन्न सफल भएको छ।
सम्पन्न प्रतियोगितामा मिलन्थाको दोस्रो अर्धशतक रहेको थियो। उनले ५० हजार पाए र सुपर फोरका लागि २५ हजार नगद तथा ५ हजार रुको रिचार्ज भौचर प्राप्त गरे। यसरी नै एनर्जीटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले पाए र यसबापत २५हजार रु प्राप्त गरे।
प्रतिक्रिया
सम्बन्धित समाचार
