भूपदेव माली
बैसाख २४ गते/राजबिराज
भारतकाे कंकालिनी भगवती मन्दिर प्राङ्गणमा नवनिर्मित बजरंगबली मन्दिरको हनुमान मूर्तिमा शुक्रबार प्राणप्रतिष्ठा दिने बिधिबत अनुष्ठान सम्पन्न भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१ स्थित कंकालिनी भगवती मन्दिरमा हनुमानजीको भव्य मन्दिरको निर्माणकर्ता स्थानिय भिखो मण्डलका साइला सुपुत्र प्रदुमन कुमार मण्डलको धर्मपत्नी ममता देवी मण्डललाई वर्षौदेखि शरीर रोगग्रस्त रहेकोले हरेक उपचार गरेतापनि निको नभएको हुँदा मन्दिर बनाउने संकल्प पश्चात शरीर स्वस्थ हुन गएकोले उक्त भव्य मन्दिर निर्माण गरी मूर्तिमा प्राणप्रतिष्ठा दिने अनुष्ठान कार्य गरिएको हो।
प्रदुमनको दुई छोरा नितेश र विवेक मण्डलले माता स्वस्थ भएकोले पिताले लगाएको लाखौं रकम खर्च गरेर उक्त मन्दिरको निर्माण र बिधिवत अनुष्ठान सम्पन्न गर्दा आफु साह्रै खुशी भएको बताए। छोरा नितेशले” शरीर नै रहे सम्पत्तीको के काम ? शरिर स्वस्थ भए सम्पत्ती कमाउन गाह्रो नभएको “बताउँदै बुवाले गर्नुभएको यो ऐतिहासिक धार्मिक काम प्रति खुसी व्यक्त गरेका छन्।