पंकज ठाकुर जनकपुरधाम ,श्रावण ३२ । जिल्ला प्रशासन कार्यालय ,धनुषाले स्वाथ्य मापदण्ड कडाई साथ पालना गर्न सात दिने आदेश जारि गरेको छ । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरस न्यूनीकरणका लागि शुक्रबार राति ( श्रावण ३२ गते ) १२ बजे देखि भदौ ७ गते सम्मका लागि आदेश गरेका हुन् । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईद्वारा आइतवार जारि आदेश पत्रमा दैनिक उपभोगका पसलहरु प्रत्येक दिन १० बजेसम्म हुने छ भने ब्यापार ,ब्यबसाय संचालनका लागी विक्रेताले पन्जा ,मास्क र सेनिटैजर प्रयोग गरी सामाजिक दुरी कायम गर्नु पर्ने हुन्छ र क्रेताले अनिवार्य रुपमा मास्क गर्नु पर्छ ।
त्यस्तै सैक्षिक संस्था सबै प्रकारका सभा ,गोष्ठी ,तालिम ,सेमिनार ,सिनेमाहल ,पार्टी प्यालेस लगायत खेलकुद ,पुस्तकालय चिडियाघर पूर्ण रुपमा बन्दनै रहनेछ ।
आदेश पत्रमा डेरामा स्वास्थ्यकर्मीलाई घरधनीले दुर्ब्यबहार गरेको पाइएमा कानुन अनुसारको कारबाहीको चेताबनी सहित स्थानीय तहमा contract tracing गरिदा कार्यालयले अग्रसरता लिई स्थानीय स्वास्थ्य शाखा संग समन्वय अवश्य रहने छ।