जनकपुरधामको महागंगा आरती- पंकज ठाकुर
सम्भव त नेपालकै पहिलो पोखरी वा कुण्डमा विधि विधानपूवर्क तामझामका साथगरिने सन्ध्याकालिन आरती जनकपुरधामको महागंगा आरती(माता जानकी र देवी गंगाको संयुक्तआरती )हो।जनकपुरधामको प्रशिद्ध धार्मिक कुण्ड गंगासागरको किनारमा वि.सं. २०७१ जेठ २५ गते गंगा दशहराको दिन देखि शुरुभएको महागंगा आरतीअहिलेको विशम परिस्थितीमा पनि निरन्तर गरिँदै आएको छ। जनकपुरधाम परापूर्वकाल देखि नै धार्मिक प्रसिद्धस्थलको रुपमा परिचित रहेकोमा महागंगा आरतीले यसको सौन्दर्यतामा निखार ल्याएको छ । महागंगा आरती अहिले स्थानिय, देशी र विदेशी पाहुनाको लागि धार्मिक स्थलका साथै पर्यटकिय स्थानको रुपमा चिनाउन पनि ठूलो योगदान पुरयाएको छ। प्रत्येक दिन साँझ सात बजे शुरु हुने उक्त महागंगा आरती हेर्न भक्तजनहरुको ठूलै भिड लाग्ने गरेको छ । भिड पनि किन नलागोस साँझको प्रहर, शीतल हावा,आरतीको दीपकले झिलिमिलि उज्यालो,घण्टीको आवाज शंखको ध्वनी,दिव्य वासना र मीठो स्वरमा महागंगा आरतीले सबैलाई आकर्सित गर्ने गरेको छ ।
कसरी शुरु भयो त महागंगा आरती ?
“५२ कुति ७२ कुण्ड चलतै सन्त झुण्डक झुण्ड”ले प्रख्यात धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामका सबैभन्दा पुरानो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पोखरी गंगासागर ,धनुष सागर विगत केही वर्ष अगाडि जनकपुरधामको अरु पोखरी जस्तै व्यवस्थापनको कमीले फोहर र अव्यवस्थित गंगासागर लाई व्यवस्थित सफा र सौंदर्यीकरण गर्ने अठोटका साथ समाजसेवी, पर्यावरणरक्षक, सरसफाई अभियन्ता एवम् हाल प्रदेश २ का प्रदेश सांसद तथा जसपा का संसदिय दलका उपनेता समेत रहेका राम आशिष यादवले वि. सं २०७० फागुन ११ गते शनिबार देखि साप्ताहिक रुपमा विभिन्न पत्रकार समाजसेवी मानव अधिकारकर्मी उद्योगी व्यवसायी प्रहरी सेना शसस्त्र प्रहरी स्गानियवासी विद्यालय विद्यार्थीहरुका सहयोगले गंगासागर सरसफाई महाअभियानलनई निरन्तरता दिए । साथै गंगासागरको वरिपरी विभिन्न बोट विरुवाहरु पनि लगाउँदै यसको सौंदर्यींकरणमा लागि परे । हिजोका दिनमा मानिस उक्त सागरको नजिक पनि जान नचाहने ठाउँलाई एउटा मनोरम आकर्षक पर्यटकिय स्थलको रुपमा परिनत गरियो ।
गंगासागरका सरसफाई देखि शुरु गरिएका सरसफाई अभियानलाई निरन्तरता दिँदै अभियन्ता राम आशिष यादवले एउटा नयाँ नारा “Clean Janakpurdham Green Janakpurdham” को शुरुवात गर्दै अहिले सम्म दर्जनौ स्थानमा सरसफाई गरी हजारौं बोट विरुवा वृक्षारोपण गरिसकेका छन्। उनको भनाई छ “पर्यावरण रक्षा जीवन रक्षा ”Save Environment Save Life” ।
उनको उक्त सामाजिक कार्यबाट प्रभावित हुँदै अमेरिका स्थित लुइस विश्व विद्यालयका अंग्रजीका विभागाध्यक्ष प्रमोद मिश्रले आफ्नो एक आर्टिकलमा जनकपुरधामको महागंगा आरती, यसको इतिहास , राम आशिष यादवको निकै प्रशंसा गरेका थिए। जुन वि.सं. २०७६ फागुन १० गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा समेत छापिएको थियो। अहिले उनको अभियानबाट प्रेरित भई सयौं हातहरु जेडिएका छन् जसले विभिन्न समयमा विभिन्न स्थानमा सरसफाई अभियान गरीरहेका छन्। आम जनमानसले पनि उनीबाट प्रेरणा लिनु आवश्यक देखिन्छ।
करिब ६ वर्ष देखि अनवरतरुपमा संचालित महागंगा आरती दैनिक रुपमा ३जना पुरोहितले एकैसाथ, एकै शुर ,स्वर एकै चालमा बहुसंख्यक हस्त दिपक आरती गर्ने गरेको आरतीको दृश्यले झनै मनमोहक बनाउँछ ।उक्त आरती विभिन्न छ चरणमा गरिन्छ । दैनिक रुपमा गरिने आरतीमा आबद्ध पुरोहितको तलब व्यवस्था र आरती सामग्री फुलमाला प्रसादको लागि उक्त स्थानमा राखिएको दान पेटिका बाट संकलित रकम सेभ हिस्टोरीकल जनकपुरधाम महागंगाआरतीको नाममा खोलिएको बैंक खातामा जम्मा गरी सो खाता बाट संचालन गरिन्छ। अपुग भएको खण्डमा अभियन्ता यादव स्वयम् र आफ्ना सहयोगी हातहरुबाट सहयोग लिई संचालन गर्ने गरेका छन् ।
उक्त आरतीमा माता जानकी र जनकपुरधामको महिमा बयानका साथै मैथिली संस्कृतिको झलक मनमोहक स्वरमा गाइएको महागंगा आरतीको धुन बज्ने गर्दछ । उक्त धूनको रचना र स्वर स्थानिय गीतकार संगितकार र गायकहरुबाट नै तयार पारिएको छ।
जनकपुरधाम गंगासागरमा शुरु भएको महागंगा आरतीको प्रभाव धनुषा महोत्तरी जिल्ला सहित नेपालको अधिकांश स्थानहरुमा परेको छ ।महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिरमा शिव गंगा आरती , सिरहाको प्रसिद्ध दुर्गा पोखरीमा, हलेसी महादेवस्थानमा , विरगंजको घरहरवा पोखरीमा, नारायण घाटको देवघाटमा, पोखराको फेवातालमा , काठमाडौंको पशुपतिनाथस्थित बागमति नदिको किनारमा गंगा आरतीको शुरु भइसकेको छ ।
जय मिथिला जय मैथिल