पंकज ठाकुर-भदौ ७ ,जनकपुरधाम ।
धनुषामा बिगत केही दिन देखि लगातार ५० जनाको हाराहारीमा कोरोना पुष्टि हुन थालेपछी संक्रमण समुदाय स्तरमा फैलिन बाट बच्नलाई बिगत साउन १९ गते देखि जारी निषेधाज्ञा भदौ१४ राती १२ बजे सम्म को लागी थपिएको ब्यहोरा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी गराएका छन।
पसलहरु भने बिहान १० बजे सम्म खुल्ने छ। यातायात , शैक्षिक संस्था , मन्दिर , सभा सम्मेलन जस्ता बन्द रहनेछन् ।
निजि सवारीसाधनमा विशेष कडाइ गरिनेछ।
सर्व साधारण लाई अती आवश्यक वाहेक बाहिर ननिस्कन भनिएको छ।
यता नागरिक स्तरबाट भने खासै बन्दिको पालना गरेको पाइएको छैन । यस्तोमा कोरोनाले झन् महामारी को रुप लिने देखिन्छ ।
…..