
पंकज ठाकुर , जनकपुरधाम
नविनतम खोज अनुसन्धानबाट प्राप्त उपलब्धि‚ आधुनिक टेक्निक सँगको अभ्यस्तता‚ मन मस्तिष्कमा सकारात्मक परिवर्तन ‚समाजमा रहेका असमाजिक तत्वहरुको पहिचान र परिवर्तन‚समाजिक रितिरिवाजको संरक्षणका साथै कुरितिको अन्त्य र सभ्य र विकसित समाजको निर्माण नै आधुनिकिकरण हो । कृषिमा आधुनिक प्रिविधिको प्रयोग ‚ शिक्षामा नविनतम अभ्यास र प्रयोगात्मक शिक्षण ‚ वैज्ञानिक परिक्षणका साथै भौतिक र अभौतिक विकासका साथै पर्यावरणको संरक्षण र संवर्द्धन पनि आधुनिकिकरण हो । विश्वका विकसित तथा पहिलो दोस्रो वर्गमा पर्ने मुलुकहरु जस्तै अमेरिका ‚ रुस ‚ जापान ‚ कोरिया ‚ब्रिटेन जस्ता मुलुकहरु निरन्तर र अबिरल वैज्ञानिक परिक्षण गर्दै विभिन्न प्रविधिको विकास गरि उक्त प्रविधिसँग आफ्ना जनतालाई अभ्यस्त गरि विकास गर्न सक्षम भएका छन् । विकासका साथै विकासको क्रममा उत्पन्न हुन गएको समाजिक कुरीती र वैज्ञानिक प्रविधिको गलत प्रयोगले समाजमा नकारात्मक असर पर्न थालेपछि हाल ती मुलुकहरुले त्यसमा ज्यादै कडाई गर्दै समाजिक मुल्य र मान्यताको पुनः स्थापनाका साथै पर्यावरण रक्षा ‚ पृथ्वीको भार ग्रहण क्षमताको विकास गर्न लागिपरेका छन् । यता हाम्रो मुलुकमा समाजमा आधुनिकिकरणको नाममा विकसित पश्चिमेली मुलुकहरुको विकासको गति र कार्य शैली तथा प्रविधिको उचित प्रयोगको देखासीकि गर्नु भन्दा पनि तिनिहरुको लवाइ खवाइ ‚ रहन सहन ‚आदिको अनुसरण बढि भएको देखिन्छ । हाम्रा समाजका भविष्यका कर्णधार आजका युवा समुदाय अहिले इमेल ‚इन्टरनेट ‚ सोसल मिडियाको अत्याधिक र गलत प्रयोग गरिरहेका छन् जसलाई साइवर क्राइमको संज्ञा दिन सकिन्छ । त्यस्तै जन्मदिन ‚विवाह वर्षगाँठ आदिमा केक काट्ने ‚ मासु रक्सीको भोज भतेर गर्ने जसलाई आमभाषामा पार्टि गर्ने भनिन्छ । त्यस्तै युवा युवतीहरु विभिन्न बहानामा पार्टी ‚ पिकनिक आदिको आयोजना गरी अश्लील भोजपुरी र हिन्दी गाना बजाई अव्यवहारीक तरीकाले नाच गाना गर्ने र बियर रक्सी जस्ता अखाद्य वस्तुखाने प्रचलन पनि बढेको छ । बिहेमा र अन्य समयमा पनि डि जे बजाइ अमर्यादित तरिकाले नाचगान गरेको पनि उत्तिकै पाइन्छ । त्यसैगरी लागु औषध दुर्व्यसनि पनि हाम्रो समाजमा पर्याप्त मात्रामा पाइन्छ । अधिकांश युवा युवतिहरु चुरोट ‚खैनी ‚गुटखा ‚जाँड ‚रक्सी र अन्य लागुऔषधको प्रयेगमा फसेका छन् । युवायुवतिले यस्ता पार्टी भोज भतेर जाँड रक्सी लागुऔषधीको प्रयोग र सोसल मिडियाको गलत प्रयोग र त्यसमा भेटिने अनैतिक अमर्यादित भिडियो र चित्रहरुको प्रयोगले अहिले समाजमा कलिला उमेरमै यौन कृयामा सहभागी हुनु ‚यौनजन्य हिंसामा पर्नु र चेलिबेटि बेचबिखनमा पनि पर्ने गरेका छन् ।त्यति मात्रैमा सिमित नभएर अहिले खासगरि युवतीहरु छोटा लुगा र अर्ध नग्न कपडा लगाउनुलाई फेसन र आधुनिकिकरण भन्ने ठान्दछन् जुन यौनजन्य हिंसाको एक प्रमुख कारक तत्व मध्येमा पर्दछ ।त्यति मात्र नभएर विभिन्न अवसर जस्तै जन्मदिन विवाह ब्रतबन्ध विवाह वर्ष गाँठ आदिमा आफ्नो आर्थिक क्षमताले भ्याइ नभ्याइ भएपनि विभिन्न परिकार गरि धेरै भन्दा धेरै मानिस बेलाइ पार्टी प्यालेशमा गइ भोज भतेर गर्ने चलन समेत बढेको पाइन्छ । यस्ता कृयाकलापमा असहभागीता जनाउँदा वा त्यसको विरोध गर्दा अहिलेका युवायुवतीहरुले त्यसलाइ १७ औं शताब्दीको सोच वा संकिर्ण सोचको व्यक्तिको संज्ञा दिने र उसलाइ गिज्याउनेजस्ता कृयाकलाप पनि पर्याप्तै देखिन्छ ।साथिको बीचमा बसि म चुरोट ‚खैनि वा रक्सी खाँदिन वा पिकनिक‚पार्टीमा जाँदा नाच गानामा सामेल हुँदिन भन्दा त्यस्ता व्यक्तिलाई आफ्नो समुहबाट हटाउने वा बारम्बार त्यस्ता कार्यमा सामेल हुन भनि राख्ने गर्दछन् । अहिले हाम्रो समाजमा सोझो र सिधा मानिसको अवहेलना हुने गर्दछ । वास्तवमा यस्ता कृयाकलापलाइ आधुनिकता भन्न मिल्दैन यी कृयाकलापहरु आधुनिकताको नाममा व्यक्तिगत ‚ पारिवारिक र सामाजिक चरित्र ‚अर्थ व्यवस्था स्वास्थ्य सबैको नास हो । यस्ता कृयाकलापले भविष्यको सन्ततिमा सोझै नकारात्मक प्रभाव पार्नेछ । परापूर्व देखि चलिआएको रितिरिवाज र तौर तरिका नै हाम्रो लागि उपयुक्त हुनेछ । विकसित मुलुकले सामाजिक स्तरमा अविकसित र विकासशील मुलुकमा आफ्नो नकारात्मक पक्षको छाप चाँडै छोडी यस्ता मुलुकलाई आफ्नो अधिपत्य जमाउन यस्ता कृयाकलापको प्रचार प्रसार गर्ने गर्दछन् ।
पश्चिमेली सभ्यता र आचरण अपनाउनु भन्दा हाम्रो पूर्वजले रचेर गएका रितिरिवाज बढि वैज्ञानिक छ । जस्तै जन्मदिनको अवसरमा आफुभन्दा ठूलाबडाबाट आशीर्वाद थाप्ने ‚ पुजाआजा गर्ने र सबैलाइ प्रसाद वितरण गर्ने चलन गुलियो खानेकुरा केक र जाँड रक्सि भन्दा बढि वैज्ञानिक र सान्दर्भिक देखिन्छ । हामीले आफ्नो रितिरिवाज मान्ने हो भने यसले हाम्रो सामाजिक स्तरमा सद्भाव कायम गर्दछ र यसले विभिन्न किसिमका हिंसालाइ पनि रोक्दछ । हाम्रो रितिरिवाज संस्कृति भनेको हाम्रो धरोहर हो । हामीले हाम्रो रितीरिवाजको संरक्षण र संवर्द्धन गरी नयाँ पुस्तालाइ हस्तानतरण गर्नु पर्दछ । आधुनिकिकरणको सकारात्मक पक्षलाइ अङ्गाल्नु पर्दछ । आधुनिकिकरणको नाममा गरिने अमर्यादित क्रियाकलापलाई नागिरक स्तरबाटनै निरुत्साहित गर्नुपर्दछ । यसका लागी सरोकारवाला सम्पूर्ण पक्ष जस्तै राज्य ‚ राजनैतिक दल ‚ नागरिक समाज समाजका अगुवा समेतले यसमा विशेष पहल र जनजागरण तथा जनचेतना फैलाउनु पर्दछ ।