राजविराज, १४ मंसिर ।
सप्तरीको छिन्नमस्ता गा पा वडा नं १ मा आइतवारदेखि सञ्चालित वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन भएको छ ।” स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रिकेट मैदान” भन्ने मुल नाराका साथ छिन्नमस्ता स्पोर्ट्स क्लब छिन्नमस्ता गाउपालिका वडा न. १ बरही बिरपुरको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको सहयोगमा बरही थान पोखरी क्रीकेट मैदानमा सञ्चालित उद्घाटन खेलमा छिन्नमस्ता वडा नम्वर १ ले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा २१९ रनको योगफल तयार पारी छिन्नमस्ता वडा नम्वर ५ लाई २२० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।आजको खेलमा वडा नम्वर १ टिम विजयी भएका थिए । जसमा रमेश यादव ७०, छत्रनारायण राय ४४ र राजेश यादव ले ४० रनको योगदान गरेको थियो । त्यसैगरि बलिङतर्फ छिन्नमस्ता वडा नम्वर ५ का सञ्जय मेहता र अभिजित मेहताले समान २ विकेट, देबानन्द साह १ विकेट, नारायण मेहता १ विकेट, अंकित मिश्र १ विकेट लिन सफल भएका थिए । यसैगरि जवाफी ब्याटिङ्ग गर्दै छिन्नमस्ता वडा नम्वर ५ ले १३.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा अल आउट भए । त्यसमा नारायण मेहताले १४, सञ्जय मेहता ११ बाहेक अरु कसैले पनि दोहोरो अन्क जोड्न सफल भएन । यस्तै बलिङ्गतर्फ छत्रनारायण राय, रबेन यादव, सन्तोष यादव समान दुई दुई विकेट र सरि यादव , संजिव यादवले समान एक एक विकेट लिएका थिए ।
प्रतियोगिताको उद्घाटन छिन्नमस्ता गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका सन्तोष राय र छिन्नमस्ता वडा नम्वर १ का अध्यक्ष विनोद कुमार यादवले संयुक्त रुपमा गरे । उद्घाटन समारोहमाको अध्यक्षता छिन्नमस्ता स्पोर्ट्स क्लबका संरक्षक तिर्थ नारायण रायले गरेका थिए । साे कार्यक्रममा शुभकामना मन्तव्य छिन्नमस्ता गाउपालिका वडा न.१ का वडा सदस्य रन्जित साह, समाजसेवी ललन प्रसाद यादव लगायतले गरेका थिए । स्वागत मन्तव्य छिन्नमस्ता गाउपालिका वडा न. १ का वडा अध्यक्ष बिनोद कुमार यादवले गरे भने सञ्चालन छिन्नमस्ता स्पोर्ट्स क्लबका अध्यक्ष रवी रायले गरेका थिए । भोलिको दुई खेल वडा नम्वर ३ र वडा नम्वर ७ तथा वडा नम्वर २ र वडा नम्वर ५ बिच हुने आयोजक समितिका उपाध्यक्ष रमेश यादवले जानकारी दिएका छन् ।