ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम २६ बैशाख ।
नेपाल प्रहरीले प्रदेश २ अन्तर्गत विभिन्न स्थानमा अन्य प्रयोजनका लागि गोदाममा स्टौक गरी राखिएको १३२ थान भरिएको र ५६ था खाली गरी जम्मा ७०० वटा अक्सिजन सेलेन्डर आईतवार नियन्त्रणमा लिएको छ ।
कोभिड १९ कोरोना संक्रमणको ब्यापक फैलावटको विषय परिस्थितीमा स्वास्थ्य प्रयोजनामा प्रयोग गरिने सो अक्सिजन गैस अन्य कार्यमा प्रयोग नगर्न चेतावनी दिदै सो नियन्त्रणमा लिएका गैस सिलिन्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग तथा अस्पताललाई बुझाएको हो ।
स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उदेश्यले कोरोना महामारीको नयाँ भेरियन्टले भयावह स्थिति ल्याएको अवस्थामा अस्पतालमा अक्सिजनको अभाव देखिएको हुदा यश बारे थप अनुसन्धान र कार्वाही भैइरहेको छ । स्वास्थ्य प्रयोजन बाहेक प्रयोजनका लागि अक्सिजन सिलिन्डर प्रयोग नगर्न÷गराउन समेत प्रहरीले अपिल गरेका छ्न ।