भूपदेव माली
कार्तिक ९ गते सप्तरी।
भारदह कंकालिनी भगवती मन्दिरमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र एवं मधेश प्रदेशका महान्यायाधिवक्ता वीरेन्द्र ठाकुरलाई स्वागत गरिएको छ।
दसैंको टिकाको अवसर पारेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदहमा अवस्थित पूर्वी नेपालका प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा पूजा दर्शनको उद्देश्यले पाल्नू भएका प्रदेश प्रमुख एवं प्रदेश महान्यायधिवक्तालाई स्थानीय बुद्धिजीवीहरू समाजसेवीहरु, मन्दिर विकास समितिका सदस्य एवं हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी द्वारा स्वागत गरिएका हुन्।
विहिवार माता कंकालिनी देवीको पूजा दर्शन गरेपछि स्वागत गर्ने क्रममा प्रदेश प्रमुख मिश्रले कंकालिनी भगवती मन्दिरको वरीपरी प्रयाप्त जग्गाहरू उपलब्ध भएको हुँदा यहां पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो। पर्यटकीय विकासका लागि आवश्यक खर्चको व्यवस्थापन गर्न मधेश प्रदेश सरकारले तयार रहेकोले दिर्घकालिन योजनाहरु अवलम्बन गरी सरकार लाई पठाउन सकिने भए हामी सहयोग सेवा गर्नका लागि तत्पर रहेको बताउनुभयो।
मेयर माझीले मन्दिरको फोटो भएको मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो।