अशोक झा….. भदौ ७ गते राजविराज । कोरोना भाइरसबाट संक्रमित भई उपचारमा रहेको सप्तरीका पत्रकार श्याम सुन्दर यादवको स्वास्थअवस्थामा सुधार आई रहेको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका पत्रकार यादवलाई आइतवार बिहानै बाट ज्वरो आएको छैन भने खोकी पनि नभएको पत्रकार यादवले बताए । पत्रकार यादवसँग टेलिफोन कुराकानी गर्दै जनता समाजवादी पार्टीका प्रदेश नं. २ का सचिव शम्भु झाले आफ्ना फेसबुकमा स्टाटस लेख्दै पत्रकार यादवको अवस्था अहिले सुधार तिर उन्मुख भएको र उनी छिट्टै स्वस्थ भई घर आउने बताएका छन् । पत्रकार यादवलाई बुधवार कोरोना संक्रमणको पुष्टि भएको थियो र उनी राजविराज स्थित आइसोलेसन कक्षमा भर्ना भएका थिए । तर, राजविराजमा उनको स्वास्थ अवस्था जटिल बन्दै जाँदा उनलाई शुक्रवार धरान पठाइएको हो ।