मनोज यादव जेष्ठ २८ गते ,राजविराज।
प्रहरी द्वारा पक्राउ गरिएको अवैध घरेलु मदिरा शुक्रबार नष्ट गरेका छन् । ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र० ना० नी शत्रुधन राउतको नेतृत्वमा खटिएको गस्ती टोलीले हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेका भारदह बजारमा विक्री वितरण गर्ने उद्देश्यले लियाइरहेका अबैध घरेलु मदिरा पक्राउ गरी स्थानीय भरभलादमी तथा पत्रकारको उपस्थितिमा खाल्टोमा खन्याई नष्ट गरिएको हो। वडा नं ३ पोर्ताहा स्थित महुली पुल नजिक लोकमार्गमा लयाउँदै गरेको लगभग तीस लिटर भन्दा बढी घरेसी रक्सी गस्ती टोली द्वारा चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो। रक्सी कसको हो भन्ने कसैले स्वीकार नगर्दा प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियाे। कञ्चनपुर तथा फत्तेपुर बाट घरेलु मदिरा निर्यातगरी भारदह बजारमा विक्री वितरण गर्ने गरेका हुँदा प्रहरीले बजारमा आयात गरिने हरुको खोजीमा सो अवैध मदिरा फेला परेको थियो।