मधेश न्यूज सम्वाददाता,
काठमांडौं २० असार ।
प्रहरीले काठमांडौ स्तिथ मिनभवनमा एक पत्रकार माथि लाठी प्रहार गरेको घटनालाई नेपाल पत्रकार महासंघ एक विज्ञप्ति जारी गरी भत्र्सना गरेको छ ।
समाचार संकलनका क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजङ्ग र्राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
असार १९ गते शनिबार विद्यार्थी संगठनद्वारा मिनभवनमा गरिएको प्रदर्शनको समाचार संकलनको क्रममा विद्यार्थी र प्रहरीबीच भएको धरपकडका कारण लेडेका फोटो पत्रकार र्राईमाथि पत्रकारको पहिचान खुल्दा खुल्दै पनि प्रहरीले लाठी प्रहार गरेको थियो ।
जारी विज्ञप्तिमा स्वतन्त्ररूपमा पेशागत कर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको विज्ञप्तिमा ठहर गरिएको छ । महासंघ घटनामा संलग्न प्रहरीमाथि छानबिन गरी कारबाही गर्न र यस्ता घटना नदोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।