लिलाकान्त यादव,
राजविराज २५ बैशाख ।
प्रदेश नं. २ का सामाजिक विकास मंत्री नवल किशोर साहले शनिवार सप्तरीको रुपनी गाउँपालिका स्थित रहेको प्रहरी अस्पताल र हनुमाननगर कंकालिनी नपाको भारदह अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गर्नु भएको छ ।
प्रदेश २ का सरकारको निर्णय अनुसार प्रदेश अन्तर्गतका अस्पतालहरुमा अक्सिजन र आवश्यक स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन सो स्वास्थ्य सामग्री सहित चेक हस्तान्तरण गरिएको हो ।
कोरोनाका कारण प्रदेश २ का जनतालाई स्वास्थ्य उपचार कार्यमा कुने कमि हुन नदिन मन्त्री साहले गाउँ तथा नगरपालिका स्थित रहेका आईसोलेसनहरु समेतमा पुगेर निरिक्षण गर्ने क्रममा सो दुवै अस्पतालहरुमा स्वास्थ्य सामग्री प्रदान गरिएको बताएको छ ।