उमेश कुमार यादव,
राजविराज, २७ भाद्र ।
महान सहिदहरुको सहादत पश्चात स्थापित मधेश प्रदेश सरकारले गौरवका केही योजनाहरू स्थापना गरेको थियो । जसमध्ये शिक्षा क्षेत्रमा गरेको कार्यहरु मध्ये मधेश कृषि विश्वविद्यालय सप्तरीको राजविराजमा स्थापना भयो । उक्त विश्वविद्यायललाई षडयन्त्र गरी समाप्त गर्ने उद्देश्यले मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन शाहको संयोजकत्वमा विश्वविद्यालयको छानविन समिती गठन गरेर पटक–पटक पत्राचार गरी विभिन्न प्रकारका जवाफहरु मागी छानबिन समाप्त भए पनि कुनै निष्कर्ष ननिकाली भर्ना समेतमा रोक लगाइयो । विश्वविद्यालयमा हाल द्यकअज। ब्न को अध्ययन अध्यापन भइरहेको छ । समितीका संयोजक डा. सोहन साहको जनकपुरमा , आफनो कालेजमा भर्ना खुला भएपनि सप्तरीमा रहेको मधेश कृषि विश्वविद्यालयमा भर्नामा रोक लगाइएको थियो । आफ्नो कलेजमा भर्ना भई सके पश्चात शिक्षा मंत्रीले कृषि विश्वविद्यालयको भर्ना हाल आएर खोले पनि विश्वविद्यालयलाई मेधावी छात्र छात्रा भेटछ कि भेटदैन जोखिम पूर्ण अवस्था रहेको छ । विगतका सरकारले ल्याएको गैरवका योजनाहरू यसरीे हालका मधेश प्रदेशका सरकारले योजनाबद्ध ढंगले समाप्त पार्ने षड्यन्त्र गरेका छन् । मधेश कृषि विश्वविद्यालयलाई जम्मा रु. १० लाख मात्र प्रदेश सरकारले बजेट विनियोजन गर्नुको सार्थ मधेश प्र्रज्ञा प्रतिष्ठानको वजेट पनि शुन्य गर्नु र प्रतिष्ठानमा रहेको गाडी समेत शिक्षा मंत्रालयले फिर्ता मागेको छ । प्रदेश सरकारकै अक्रमणताको कारणले नै एकजना स्राष्टाले पाउनु पर्ने रकम पाएको छैन । जसका लागी प्रतिष्ठानले सिफारीस गरेपनि मंत्रालयले रकम उपलब्ध गराएको छैन । उल्टै खेदो खनिदै छ ।