लिलाकान्त यादव,
राजविराज ०४ पौष ।
राजविराज स्थित राजरंगशालामा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत आईतवार हुने फाईनलका लागि सिरहा र महोतरी भिडने भएको छ ।
प्रतियोगितामा शनिवार सम्पन्न भएको पहिलो खेलमा सप्तरीलाई बाराले सजिलै १० बिकेटले पराजित गरेको छ भने सर्लाहीलाई महोतरीले ९ बिकेटले पराजित भएका छन् ।
पहिलो खेल अन्र्तगत सप्तरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई ९३ रनको योगफल दिएका थिए । सप्तरीका लागि अन्जली चौधरीले १८ तथा श्रृजना चौधरीले अविजित ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ बाराका साना प्रबिनले २ बिकेट तथा प्रियंका गुप्ता र निशा गिरीले १– १ बिकेट लिएका थिए ।
९४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बाराले उक्त लक्ष्य सजिलै ७ ओभरमा बिना कुनै बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । बाराका लागि रचना अर्याल ३० तथा प्रतिमा अर्यालले ३३ रनको योगदान दिएका थिए । दुवै खेलाडि अविजित रहेका थिए ।
खेलको म्यान अफ द म्याच बाराका प्रतिमा साह भएका थिए ।
शनिवारनै सम्पन्न एक अर्को खेलमा सर्लाहीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १८ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८८ रनको योगफल तयार पारेका थिए । सर्लाहीका लागि दुर्गा कार्कि २० बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ रोजि कडारीले ३ बिकेट तथा बिमला मगर, पुष्पा फुयाल र शोभा आलेले सामान २ बिकेट लिएका थिए ।
८९ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको महोतरीले उक्त लक्ष्य सजिलै १० ओभर ४ बलमा १ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । महोतरीका लागि गोमा आलेले उत्कृष्ट ब्याटिंग गर्दै ३९ बलमा ९ चौक्काको मद्धतले अविजित ५२ रनको योगदान दिएका थिए भने रोजी कडारी १६ रनमा अविजित रहेका थिए । एक मात्र बिकेट सर्लाहीका दुर्गा कार्किले लिएका थिए ।
खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरे वापत गोमा ओललाई दिएका थिए ।