आर एन मेहता, राजविराज, १४ भाद्र ।
श्री वर्ल्ड भिजन मोडर्न मा. वि. तथा क्याम्पस राजविराज, सप्तरीमा समाजिक समस्याको समाधानमा शिक्षाको भुमिका शीर्षकमा विद्यालय स्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ४ देखि ९ कक्षा सम्मका जम्मा १८ जना छात्र–छात्राहरुले आफ्ना मन्तव्य राखेका थिए ।
विद्यालयका अध्यक्ष महेन्द्र प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल प्याब्सनका जिल्ला अध्यक्ष दिनेश यादव लगायत विद्यालयका शिक्षक÷शिक्षिकाहरु समेतको उपस्थिती रहेको थियो ।
विद्यालयका शिक्षक ध्रुव कुमार मण्डलले मंच सञ्चालन गरिएको प्रतियोगिता कार्यक्रममा कक्षा ४ देखि कक्षा ९ सम्मका छात्र छात्राहरु मध्ये १८ जना छात्रछात्राहरुले भाग लिएका थिए ,सो मध्ये कक्षा ८ का बेदिका यादव प्रथम , कक्षा ७ का संतोषी यादव द्धिुतिय, कक्षा ६ का दिपिका यादव तृतीय र कक्षा ९ का प्रिन्स यादव चोथौ भएका छन् । उत्कृष्ट चारवटै छात्र÷छात्राहरुलाई विद्यालयले कापी र डटपेन दिएर पुरस्कृत गरेका छन् ।
कार्यक्रममा मुल्याङ्कनकर्ताको रुपमा शिक्षकहरु अमिशा चौधरी, विनोद यादव, र सुभाष झा रहेका थिए ।
प्रमुख अतिथी दिनेश यादवले शुभकामना तथा धन्यवाद मन्तव्य राखेका थिए भने विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जनात्मक बनाएका थिए । विद्यालयका अध्यक्ष महेन्द्र प्रसाद साहले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन गरेका थिए ।