मधेश न्युज संवाददाता
जनकपुरधाम, २९ असोज ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण – अवलोकन गरी सेवाप्रवाहबारे जानकारी लिनुभएको छ।
प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो लिनुहुँदै प्रदेश सरकारले प्रदान गरिएको स्वास्थ्य सेवाका लाभ सबैले समान रूपले लिनु पर्ने उदेश्यले मुख्यमन्त्री यादव आज बिहान त्यहाँ पुगेर सेवाग्राही सित सेवाप्रवाहबारे जानकारी लिनुभएको हो ।
एउटामात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गरेको गुनासो सुन्नुहूदै मुख्यमन्त्री यादवले काउण्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई आवश्यक थप सेवा सुविधाहरू प्रदान गर्न निर्देशन दिनुभयो ।
सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटोछरितो गर्नु पर्ने समेत भन्ने कुरा मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिनुभयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रदान गर्दै आएपनि विरामीहरुको चाप दिनप्रतिदिन बढिरहेको अवस्थामा थप सेवा प्रदान गर्न काउण्टर एवं कार्य प्रकृयामा आवश्यक सुधार गर्न सुझाव दिनु भयो।
प्रदेश सरकारको लगानीमा संचालित उक्त प्रयोगशालाले दैनिक सयौंको संख्यामा बिरामीको जाँच गर्दै आएको छ ।